दुबई, जेठ ३१ - नेपाल पत्रकार महासंघ युएई शाखाको शुक्रबार दुबईस्थित बरदुबईमा बसेको बैठकले सेप्टेम्बर ५ का दिन अधिवेशन गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष अर्जुन दाहालको अध्यक्षतामा बसेको बैठकले महासंघ युएईको अधिवेशन सेप्टेम्बर ५, २०१४ शुक्रबारका दिन आयोजना गर्ने निर्णय गरेको हो ।
महासंघको सोहि बैठकले हुबहु नक्कल गरिएको समाचार विभिन्न छापा एवं आनलाईन मिडियामा प्रसारित एवं प्रकाशित हुने गरेको भन्दै त्यस किसिमको समाचारको अनुगमन गर्नका लागि आवश्यकता परेमा दुई सदस्य थप गर्न सक्ने गरी तीन सदस्य अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।
अनुगमन समितिमा अर्जुन दाहाल, शेखर चापागाईं र अम्बिका भण्डा
रीलाई चयन गरिएको छ । यस समितिले अनुगमन सम्बन्धी नियामावली तयार गरी पत्रकार आचार संहिताबारे अनुगमन गर्नेछ ।
सदस्यता नवीकरणसंगै यसपटक हालसम्म तीन जनाले नयाँ सदस्यता पाएका छन् भने नेपालबाट दुई जना पत्रकारको सदस्यता पत्रकार महासंघ युएईमा स्थानान्तरण भएको नेपाल पत्रकार महासंघ युएइका सचिव निमेश गिरीले जानकारी दिनुभयो ।
साथै नयाँ सदस्यता लिन र नविकरण गर्ने म्याद २७ सेप्टेम्बर २०१४ सम्मका लागि थप गर्दै बैठकले त्यस अबधिभित्र नवीकरण र सदस्यता लिने पत्रकारले मात्र अधिवेशनमा भाग लिन पाउने निर्णय गरेको महासंघ अध्यक्ष अर्जुन दाहालले जानकारी दिनुभयो ।

