कोकाकोला कप विद्यालयस्तरीय फुटबल प्रतियोगितामा जुनियर सिटिजन्स विजयी

0
काठमाण्डौ, २०७१ असार ४ गते
पोखरा, ३ असर /तेजनाथ सापकोटाको चार गोलको मद्धतले जुनियर सिटिजन्स एकेडेमी पोखरा रगंशालामा जारी छात्र÷छात्रा कास्की जिल्ला कोकाकोला कप विद्यालयस्तरीय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मंगलबार भएको छात्र तर्फको खेलमा जुनियर सिटिजन्स एकेडेमीले केल्स एकेडेमीलाई ५—० को फराकिलो जित निकाल्दा सापकोटाले ब्यक्तिगत चार गोल गरे भने विशाल चौधरीले एक गोल थप्दै जित निश्चित बनाए ।
दोश्रो खेलमा सोसियल पब्लिक बोर्ङिङले वीज्डम बोर्डिङ स्कुललाई ५—१ को फराकिलो जित निकाल्दै दा्ेस्रो चरण प्रवेश गरेको छ । सोसियलको जितमा अशोक गुरुङले दुई, अनिल गुरुङ र मिलन गुरुङले एक÷एक गोल गरे भने एक गोल वीज्डमले आफनै पोष्टमा आत्मघाती गोल गरेको थियो । तेस्रो खेलमा गुरुकुल विद्याश्रमले वाकओभर पाएपछि सहज जित दर्ता गदै दोश्रो चरण प्रवेश पा¥यो । सनराइज स्कुल नआएपछि गुरुकुलले वाकओभर पाएको हो । चौथो खेलमा सितलादेवी सामुदायिक विद्यालयले ताराकुञ्जलाई टाइबे्रकरमा पराजित गदै विजयी भयो ।
पाँचौ खेलमा इन्द्रराज्य लक्ष्मी माविले विद्या निकेतनलाई १—० को कठिन जित निकाल्दै दोस्रो चरण प्रवेश गरेको छ । इन्द्रराज्यको जितमा सन्तोष परियारले निर्णायक एक गोल गरे । छैठौ खेलमा शान्तिदिप बोर्डिङ स्कुलले बालविद्या स्कुललाई १—० को कठिन जित हात पा¥यो । शान्तिदिपको जितमा विपिन छन्त्यालले निर्णायक एक गोल गरे । सातौ खेलमा हिलप्वाइट बोर्डिङ स्कुलले वयलन एकेडेमीलाई टाइब्रेकरमा ३—१ गोल अन्र्तरले पाखा लगाउदै जित दर्ता गरेको छ । आठौ खेलमा मेरी गोल्ड बोर्डिङ स्कुलले शान्ति निकुञ्जलाई १—० को कठिन जित निकाल्दै दोश्रो चरण प्रवेश पक्का ग¥यो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top