२० औँ संस्करणको विश्वकप फुटबलको भव्य उद्घाटन साओ पाओलो शहरमा हुदैँ

0
२० औँ संस्करणको विश्वकप फुटबलको भव्य उद्घाटन आज ब्राजिलको साओ पाओलो शहरमा हुदैँछ ।
एरिना कोरिन्थियन्स रंगशालामा नेपाली समयअनुसार मध्यराति १२ बजेर ३० मिनेट जादाँ आयोजक ब्राजिलले क्रोयशियाको सामना गर्नेछ । त्यसअघि उद्घाटन समारोहमा चर्चित ¥यापर तथा अभिनेता पिटबुल र क्लाउडिया लेट्टीले भव्य कन्र्सट प्रस्तुत गर्नेछन् । विश्वकपको उद्घाटन समारोहमा प्रयोग हुन लागेको कोरिन्थियन्स रंगशालाको दर्शक क्षमता झण्डै ६२ हजार रहेको छ । तर करोडौँले टेलिभिजनमार्फत विश्वकपको प्रत्यक्ष प्रशारण नियाल्ने अनुमान लगाइएको छ । १३ जुलाईसम्म चल्ने प्रतियोगितामा बोस्निया हर्जगोभिना बाहेकका अन्य सबै सहभागिसँग यसअघि विश्वकप खेलेको अनुभव
छ । विश्वकप फुटबलमा यसपटक १२ वटा शहरका रंगशाला सञ्चालनमा आउनेछन् । विश्वकपको उद्घाटन समारोहमा सहभागि हुन विभिन्न देशका राष्ट्रप्रमुख यतिबेला ब्राजिलमा छन् । देशले भव्य प्रतियोगिता आयोजना गरिरहँदा पनि ब्राजिली जनतामा भने उत्साहसँगै विरोधाभास पनि देखिएको छ । ब्राजिलमा विश्वकपको विरोधमा प्रदर्शन र बन्दहरु जारी छन् । उद्घाटनका दिन समेत विरोध प्रदर्शनका कार्यक्रम राखिएपछि सरकार सर्तक बनेको छ । प्रधानमन्त्री रोउसिफले पत्रकार सम्मेलन गर्दै विरोधमा कुनै तुक नरहेको बताएकी छिन् । यद्यपी, रोजीरोटी तथा स्वास्थ्य र शिक्षामा गर्नुपर्ने लगानी ब्राजिलि सरकारले विश्वकपको आयोजनामा खर्चिएको भन्दै जनताले रिस पोख्न छाडेका छैनन् । ब्राजिलका महान् फुटबलर रोमारियो स्वयंम् नै विश्वकपको विरोधमा छन् । अहिले राजनितिमा सक्रिय रोमारियो सन् १९९४ मा ब्राजिललाई विश्वकप जिताउँदाका नायक थिए । ब्राजिलमा बढ्दो विरोध र प्रदर्शनले टोलीको फुटबल टिमलाई समेत दबाबमा पारेको छ । टोलीले राम्रो नतिजा निकाल्न नसके ब्राजिलमा विरोध चर्कनेछ । त्यसैले विरोधका स्वरमा मल्हम लगाउनका लागि ब्राजिलले कुनै शर्तमा विश्वकप उपाधि उचाल्नुपर्नेछ । यता, विश्वकपमा सरप्राइज नतिजा निकाल्न माहिर टोलीका रुपमा क्रोयशियालाई चिनिन्छ । सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हात पारेको यस टोलीले त्यसयता विश्वकपको दोस्रो चरणमा स्थान बनाउन सकेको छैन् । यसपटक फेरि अविश्वसनीय नतिजाको आशमा क्रोयशियाली जनताले उद्घाटन खेल नियाल्नेछन् । लुका मोडरिकजस्ता प्रभावशाली खेलाडी चम्कन सके क्रोयशियाको चुनौति कमजोर हुनेछैन । प्रतियोगितामा अधिकांश विश्वका फुटबलप्रेमीहरुको नजर युवा खेलाडी नेइमारप्रति केन्द्रित छ । उनी नै ब्राजिलि टोलीको आक्रमणका प्रमुख हतियार हुन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top