श्रीमान विदेशिएका बेला परपुरुषसँग यौन सम्बन्ध राखेपछि

0
बारा ।
श्रीमती पाल्न छोरो विदेशिएका बेला परपुरुषसँग यौन सम्बन्ध राखेको भेटिएपछि बारामा ससुराले बुहारीलाई प्रहरीमा बुझाएका छन् । सिमराकी ती महिलालाई गाउँकै एक युवकसँग घरमै यौन सम्बन्ध राखिरहेको अवस्थामा भेटाइएपछि रातभर कोठामै थुनेर सोमबार उनीहरुलाई इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको छ । 
 
हेटौँडा माइती भई सिमरामा विवाह गरेर आएको केही महिनापछि श्रीमान विदेशिएको र केही महिनायता परपुरुषसँग प्रेम सम्बन्धमा रहँदै आएको ती महिलाले बताएकी छिन् । दुबैलाई प्रहरीमा बुझाएपछि स्थानीय र माइती पक्षसमेत प्रहरी कार्यालयमा पुगेका थिए ।
 
घरपरिवारले अस्वीकार गर्ने भए माइतीमा बस्न आमाले गरेको आग्रहलाई ती महिलाले अस्वीकार गर्दै त्यही युवकसँग जीवन बिताउने बताइन् ।  ‘हामी एक अर्कालाई माया गछौं,’ प्रहरी कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गर्दै त्यस युवकले भने, ‘अब हामी दाम्पत्य जीवनमा बाँधिन सहमति जनाउँछौं ।’ आफूले प्रेम गरेकाले श्रीमतीको रुपमा स्वीकार गर्ने र तिनले पनि आफूसँग बस्न चाहेको त्यस युवकले बताए ।  ती महिलाको अहिलेसम्म सन्तान भएको छैन भने युवक पनि अविवाहित हुन् । ‘केटाकेटीबीच नयाँ जीवन सुरु गर्ने सहमति भयो, प्रहरी निरीक्षक जयराम कुईंकेलले भने, ससुराको सहमतिमा पुरानो सम्बन्ध विच्छेद र नयाँ सम्बन्धलाई वैधता दिने सहमति भएको स्रोतले बताए  ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top