
बरिष्ठ कवि तुलसी दिवसले काठमाडौंमा कवयित्री समा श्रीको कविता कृति "वंशलोचन"को लोकार्पण गर्नु भयो । समारोहका प्रमुख अतिथि कविवर दिवसले विमोचित कृति भित्रको सीता उवाच कविता सुनाउँदै कवयित्री समा श्री पछिल्लो पुस्ताको कवि भए पनि अघिल्लो पुस्तालाई चुनौती दिने गरी आएको दावी गर्नु भयो । उहाँले वजनदार आवाजमा कविता वाचन गर्दा अतिथि सबैले कविताकै तालमा ताली पिटेका थिए । उहाँको भनाई थियो साहित्यको सत्तामा जहिले पनि कविहरू नै अगाडि छन ।चुनौती दिँदै थप्नु भयो कविताको भविष्य छैन भन्ने मेरो अगाडि आओस् , समा श्रीको वंशलोचन पढोस् । चर्चित कवि श्रवण मुकारुङले कविहरुको सामुहिक तस्विरमा समा श्री अलग्गै चिनिने गरी उभिएको बताउनु भयो । गजलकार तथा समीक्षक ललिजन रावलले नेपाली कविताको दर्ुइ अलग धारमा सहज गद्य कविताले नै फड्को मारेको वताउँदै अग्रज कविहरुको तुलनामा समा श्रीका कविता कम नभएको तर्क राखनु भयो । कवि समालोचक गीता त्रिपाठीले वंशलोचन भावको बौद्धिक र हार्दिक अभिव्यक्ति भित्र जीवन र जगतका स साना यथार्थहरुको विशिष्ठ प्रस्तुति भएको बताउनु भयो । कवयित्री समा श्रीले अनलाईनबाटै कृति भित्रको शीर्षक कविता वंशलोचन सुनाउँदै छोरा- छोरी पछि रहरले जन्माएको तेश्रो सन्तान पारिजातले " मैले नजन्मएको छोरो" जत्तिकै प्यारो भएको बताउनु भयो । १४८ पृष्ठको वंशलोचन भित्र विभिन्न भावका ४६ वटा कविता समाविष्ट छन् ।
जलसा नेपालको संयोजन र आवरण डट कमको आयोजनामा सम्पन्न समारोहमा कृतिका प्रकाशक सञ्जय राउत,साहित्यकार विपुल सिजापति,आनन्द श्रेष्ठ कवयित्रीकी सुपुत्री डा.सुजना राउतले कृति र कृतिकारको बारेमा बोल्नु भएको थियो । लोकार्पण समारोहको
www.newsabhiyan.com ले संसारभरि समारोह स्थल होटल नेशनल भिजनबाट प्रत्यक्ष प्रसारण गरेको थियो ।