स्याङ्जा विचारी चौतारा ईकाई समिती कतारद्धारा भाग्यशाली चिट्टा कार्यक्रम सम्पन्न ।

Krishna parajuli(Ghanashyam)
0

घनस्याम पराजुली(कृष्ण), दोहा– रमदान २०१३को अवसरमा गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ स्याङ्गजा सहयोग समाज बिचारी चौतारा ईकाई समिती कतारद्धारा आयोजित भाग्यशाली चिट्टा कार्यक्रम सनैयाको ग्रिन्स रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
   उक्त भाग्यशालि चिट्टा कार्यक्रममा १४ बटा पुरस्कार  सार्वजनिक गरिएको थियो । जसमा  प्रथम पुरस्कार १० ग्राम सुन चिट्टा न.२६५० , दोश्रो पुरस्कार ल्यापटप चिट्टा नं १०० , तेश्रो पुरस्कार डिजिटल क्यामरा चिट्टा नं. १३४८ , चौथो पुरस्कार मोवाई चिट्टा नं. २६४४ , पाचौ पुरस्कार हाते घडी पाच जनालाई चिट्टा क्रमशः १९१४,२९९६,३१३,३७१३,३२ साथै सान्त्वना पुरस्कार पेनड्राईभ पाच जनालाई चिट्टा न. क्रमश :२१३,३८७५,१६६३,१४४२,४८८ लाई भाग्यशाली चिट्टा पर्न सफल भएको छ ।
 उक्त कार्यक्रमा प्रमुख अतिथि स्याङ्गजा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालले संस्थाका गतिविधीलाई स्पष्ट पार्दै समाजमा देखिएका असमझदारिहरुलाई  छिट्टै समाधान गर्नुपर्ने बताउनुभयो । त्यसैगरि, विषेश अतिथि संस्थाका प्रमुख सल्लाहकार गुरुनारायण रानाभाटले प्रवासमा रहेर संस्थामा आवद्ध साथिहरुको योगदान  उल्लेखनिय रहेको बताउदै ईकाई र केन्द्र एकजुट भएर अघाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
  विषेश अतिथि स्याङ्गजा सहयोग समाजका सल्लाहकार तथा संरक्षक पुर्ण के.सीले ईकाईद्धारा गर्दै आएका सहयोगका कार्यक्रम समाजका लागि अतुलनिय रहेको र यस्ता कार्यक्रममा हामिहरु सकृय रहि ईमान्दारिपूर्वक अघाडि बढेमा समाजमा ठुला कार्य गर्न सकिने बताउनुभयो । कार्यक्रमका सभापति विचारि चौतारा ईकाईका अध्यक्ष बम बहादुर कार्कीले यस कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद पर्कट गर्नुभएको थियो ।
 कार्यक्रमा कतारमा कार्यरत स्याङ्गजावासीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो भने अतिथीहरु स्याङ्गजा संपर्क मञ्च कतारका अध्यक्ष भेषराज पराजुली, चोलाकान्त बि.क, घनस्याम पराजुली, बुद्धि प्र. भण्डारी, धनन्जय लम्साल, बेद पाठक,रामु सुईयालले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन खड्क बहादुर नेपाली तथा स्वागत मन्तव्य जित बहादुर सार्कीले गरेको थिए ।
 कतारमा विगत लामो समयदेखि सकृय रुपमा अघाडि बढिरहेको विचारि चौतारा ईकाईले समाजका लागि धेरै यस्ताखाले सहयोगका कार्यक्रम ल्याउदै आईरहेको र सस्था जिल्ला स्थित दर्ता गरि अक्षयकोषको स्थापना पनि गरिसकेको छ । त्यसैगरि, आयोजित भाग्यशाली चिट्टा कार्यक्रमबाट स्याङ्गजा जिल्लाको बिचारि चौतारा गाविस भित्रका गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने छ ।


Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top