स्या.स.स.कतारद्धारा छात्रबृद्धि कोषको लागि सहयोग हस्तान्तरण ।

Krishna parajuli(Ghanashyam)
0

 घनस्याम पराजुली (कृष्ण), स्याङ्जा– पुतलीबजार नगरपालीका ८ स्थित श्री रजस्थल उच्च माध्यामिक विद्यालयका + २मा अध्यनरत गरिब तथा जेहन्दार विद्यार्थिको लागि स्याङ्गजा सहयोग समाज कतारद्धारा छात्रवृत्रि अक्षयकोषका लागि नगद रकम रु एकहत्तर हजार एक सय पैतिस हस्तान्तरण गरेको छ ।
 कतारमा सन् २००५ देखि भातृत्वको विकास सगै कल्याणकारिको क्षेत्रमा अघि बढि रहेको स्याङ्गजा सहयोग समाज कतारको पहलमा त्यहाँ कार्यरत भु.पु.विद्यार्थिहरु र कतारमा कार्यरत सहयोगिहरुबाट संकलित रकम संयोजक घनस्याम पराजुलीद्धारा गत फाल्गुण २० गते विद्यालयको ६२ औ बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारि हस्तान्तरण गरिएको हो। 
 विद्यालयको उक्त कार्यक्रमको सभापति विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष याम बहादुर केसिले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक इन्द्रमणि ढकालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि जि.शि.का.उप–सचिव गोविन्दराज पोख्रेल , विशेष अतिथि बिद्यालय निरिक्षक पदमराज आचार्य, स्रोत व्यक्ति भवानि प्रसाद ढकाल साथै उल्यख्य मात्रमा अतिथिहरु, समाजसेवि, बुद्धिजिवी, व्यवसायि तथा अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तव्यका साथै विद्यालयमा अध्यनरत छात्र छात्राद्धारा साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
 विद्यालयका प्राचार्य लेखनाथ ढकालद्धारा स्या.स.स. कतार तथा त्यहाँ कार्यरत सहयोगिहरुलाई विशेष धन्यवाद प्रकट गर्दै मरुभुमिको त्यो तातो घाममा कार्यरत सहयोगिबाट संकलित सहयोग रकमको सहि सदुपयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रमा  संयोजक घनस्याम पराजुलीद्धारा सहयोग रकम हस्तान्तरण गर्दै उक्त रकम संकलन गर्नका लागि सहयोग गर्ने स्याङ्गजा सहयोग समाज कतार , कतारमा स्थिापित संघ सस्थाहरु, व्यवसायि, बुद्धिजिवि, भु.पु. विद्यार्थिहरु लगायत कतारमा कार्यरत सहयोगिहरु प्रति धन्यवाद प्रकट गर्नुभएको थियो साथै समाजमा  असल, इमान्दार,उत्साहि र समाजलाई परिवर्तन गर्न चाहाने विद्यार्थिहरुको सहयोगको लागि  अन्य देशमा कार्यरत सहयोगिहरुबाट सहयोगको अपेक्षा राख्नुभएको थियो । 




Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top