भ्रष्टाचारविरुद्धको राष्ट्रिय संघर्ष अभियान समितिको प्रेस विज्ञप्ति

0
भ्रष्टाचार बिरुद्ध संघर्ष समिति
राष्ट्रिय संघर्ष अभियान
प्रेस विज्ञप्ती
देशको प्रमुख समस्या भ्रष्टाचार प्रती सरकार ९राज्य०  र राजनितिक दलहरू मात्र नभई स्वयं त्यसमा सरिक हुने गरेकोले बिगत केहि वर्ष देखी मुलुक अराजकतामा फस्दै गइरहेको छ। परिणामस्वरुप भ्रष्टाचार नियन्त्रण गर्न संविधान तथा कानुनबमोजिम अति संक्षम निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला स्तरिय प्रशासन कार्यालयहरू भ्रष्टाचार गरी स्वयं ब्रह्मलुट मात्र नगरी भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षकको रुपमा स्थापित भइरहेको छ। जसका कारण जनतामा ठूलो निराशा र आक्रोशित हुने अवस्था सिर्जना भइरहेको छ र मुलुक असफल राष्ट्र हुने सम्भावना समेत बढेर गएको छ। तसर्थ हामी सबै जिम्मेवार भई तत्काल ठोस कदम चाल्न हुन अनुरोध गर्दछौ र हाम्रो भ्रष्टाचारविरुद्धको संघर्ष समिति राष्ट्रिय संघर्ष अभियानले भ्रष्टाचार नियन्त्रण गर्न यी निम्न किसिमका बुदाहरूलाई हाम्रो मागको रुपमा प्रस्तुत गर्दछौ।

हाम्रा माँगहरू:

१) अख्तियारको स्वेछाचारी तथा नितवश प्रमाण संकलन नगर्ने विषयमा सर्वोच्च अदालत तथा विश्व अदालतको निर्देशन कार्यान्वयन गर।
२)  सरकारको कोषबाट तलब, भत्ता र सुविधा लिई विभिन्न राजनितिक दलको झण्डा बोकि प्रत्यक्ष रुपले राजनितिक दलको कामकाज गरी भ्रष्टार गर्ने निजमति कर्मचारीहरू सदस्य रहेको ट्रेड युनियन तथा निजामति कर्मचारी संघ र संगठन तत्काल खारेज गर।
३) अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा संविधानको भावना अनुरुप आयुक्त नियुक्ती तुरुन्त गर।
४) स्थानिय निकाय जिविस, नपा र गाविसहरूमा कार्यरत कर्मचारीहरूको सरुवा बढुवा निजामति कर्मचारी सरह गर्नु पर्ने तथा कारवाहिको व्यवस्था लागु गर्नु पर्ने।
५) समाजिक सुरक्षा भत्तको रकम बैंक मार्फत भुक्तानी हुने व्यवस्था गर्नु पर्ने।
६) स्थानियस्तरमा जनप्रतिनिधीहरूको व्यवस्था नभए सम्म जिविस र नपा र गाविसहरूमा जाने सरकारी अनुदान सहयोगको बजेट पठाउने व्यवस्था तत्काल बन्द गर्नुपर्ने वा विकास बजेट रोक्नु पर्ने।
७) स्थानियस्तरको अनियमितता र भ्रष्टाचार सम्बन्धी उजुरीको काम कारवाहिमा प्रमुख जिल्ला अधिकारीलाई जवाफदेहि बनाई भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने प्रअलाई कारवाहिको व्यवस्था गर्ने।
८) नेपाल सरकार र अनशनकारीबिच जि. म. गाविस बनौली दनौलीमा मिति २०६८/०६/०६ मा गरेको सम्झौता कार्यान्वयन गर्नु पर्ने।
९) पर्सा, सप्तरी, धनुसा, महोत्तरी समेतका जिल्लामा रहेका भ्रष्टाचारका मुद्धाहरुमा स्वेछाचारी अनुसन्धान गरी उन्मुक्ती दिएको तथा दिन लागेको विषयमा अनुसन्धान अधिकृहरू माथि कारवाहि गर।
१०) महोत्तरी जिल्लामा दर्ता रहेको रतौली युवा क्लब, दलित समाज उत्थान समिति नेपाल, ग्रामीण महिला समाज ग्रा.स. समाजजस्ता गैर सरकारी संस्थहरूका संचालकहरूले भ्रष्टाचार गरी कमाएको अकुत सम्पति छानविन गरी कारवाहि गर।
११) स्थानिय निकाय जि.वि.स. र न.पा. र गाविसहरूमा करारमा राखिएका कर्मचारिहरूको नियुक्ति तत्काल खारेज गर।

हाम्रा उपरोक्त मागहरू मिति २०६९/११/१० गते सम्म पुरा गरी जनता लाई ठुलो राहत दिन अनुरोध गर्दछौ यदि उपरोक्त मागहरू पुरा नभएको खण्डमा मिति २०६९/११/११ गते ११.०० बजेदेखि अख्तियार दररुपयोग अनुसन्धा आयोगको मुलढोका अगाडि आमरण अनसन बस्ने निर्णय गरेकोव्यहोरा अनुरोध छ। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा यसै बमोजिमको दर्ता नं. १३५५५ को शंशोधित ज्ञापन पत्र मिति २०६९/११/३ गतेका दिन दर्ता गरएको समेत यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौ।

भवदिय
शारदा भुसाल झा
अभियानकर्ता
भ्रष्टाचार विरुद्ध संघर्ष समिति
राष्ट्रिय संघर्ष अभियान


Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top