बैंकक , मंसिर ४ - अमेरिकी राष्ट्रपति बाराक ओबामा दक्षिण पूर्वी केही मुलुकको भ्रमण गर्ने क्रममा आइतबार थाइल्यान्डको बैंकक आइपुगेका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएलगत्तै उनले सुरु गरेको एसियाली भ्रमणमा बर्मा मुख्य हुनेछ । बर्मा भ्रमण गर्ने उनी पहिलो अमेरिकी राष्ट्रपति हुन् । विश्लेषकहरूले शक्तिशाली मुलुक चीनको प्रभावसँग जुध्ने प्रयासस्वरूप उनले एसियालाई मुख्य प्राथमिकतामा राखेको टिप्पणी गरेका छन् ।
ओबामाको यात्रा एसियाबाट
November 19, 2012
0