काठमाडौ, कार्तिक ५ - प्रधानमन्त्रीले श्रम तथा रोजगार मन्त्रालयको कार्यभार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले सम्हाल्ने गरी तोकेका छन् ।
मौजूदा मन्त्रिपरिषद्का श्रम तथा रोजगारमन्त्री कुमार बेल्वासेले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (८) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले उनले सम्हाल्दै आएको मन्त्रालय बोगटीलाई दिइएको हो । ‘ घूस प्रकरण’ मा मुछिएका बेल्वासेसंग प्रधानमन्त्रीले राजीनामा मागेपछि उनले राजीनामा गरेका हुन् । रासस