नेपालमै पहिलो पटक ग्लोबल सेफ फेडेेरेेनशद्वारा कुलनरी अवार्ड भब्यताका साथ सम्पन्न ।

0
काठमाडौं, असार २८ 
सुरज खडका
ग्लोबल नेप्लिज सेफ फेडेरेशनको आयोजना गरेको  अषाढ २५ गतेदेखी शुरु भएको हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड कार्यक्रम २८ गते शनिवार भब्यरुपमा सम्पन्न भएको छ ।

फेष्ट अन्तर्गत २५ र २६ गते होमस्टे भ्रमण तथा अध्ययन, २७ गते होटल तथा रेस्टुरेण्ट भ्रमण तथा अध्ययन र २८ गते सिक्किम विश्वविधालयका डिन समेत रहनुभयका हिमाली खानाका अन्वेशक प्रा.डा. ज्योतिप्रकाश तमाङको विशेष प्रस्तुती र कुलिनरी अवार्डको आयोजना गर्नुभएको थियो ।


आज २८ गते शनिवार बत्तिसपुतलीस्थित अनुपम फुड ल्याडमा आयोजित  कार्यक्रममा डा. तमाङले हिमाली खानाका प्रकार, उत्पत्ति, उपयोगिता, त्यसको ब्यवसायीकरण आदीका बारेमा सहभागीहरु माझ प्रस्तुती दिनुभयो भने  १०  जना  सेफहरुलाई विभिन्न बिधा अन्तर्गत अवार्डबाट बिभुषित गरियको थियो

नेपालमा पहिलो पटक भएको कुलिनरी अवार्ड २०१९ बाट सम्मानित हुनेहरुमा

 लाईफ टाइम एचिभमेन्टमा

१) नरहरी अधिकारी,

लिभिङ लेजेँन्डमा
२) गोविन्द नरसिंह केसी,

इन्डिजिनियसमा
३) यूवराज प्रजा,

बेस्ट आर्टिस्टमा
४) खिम बराल,

योङ एक्जुकेटिवमा
५) भवि खनाल,

सेफ स्टोरीमा
६) बिक्रम भिक्स,

राइटर सेफमा
७) सूर्य किरण श्रेष्ठ र
८)अर्जुन थापा,

कस्मोपोलिटिनमा
९) कुमार चालिसे

१०) योङ लेडी सेफमा
उर्मिला टिटुङ रहेका छन् ।

कार्यक्रममा होटल एसोसियसन अफ  नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह, जापानका लागि पूर्व राजदुत डा. गणेश योन्जन, प्लाटिनम होटलका जिएम डा. सेफ संजय जमाल,  नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, उपाध्यक्ष नारायण थपलिया, महासचिव मोहन बहादुर गजुरेल, सचिव प्रेमलाल घिसिङ, सेफ एशोसिसनका अध्यक्ष श्रीराम अधिकारी र सम्मानित ब्यक्तित्वहरुले आ–आफ्नो धारणा राखेका थिए ।

 कार्यक्रममा  साल्ट ट्रेडिङका विभागिय प्रबन्धक ब्रजेश झा, खाना बिज्ञ डा. नम्रता तमाङ लगायतको उपस्थिती रहेको थियो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top