स्याङ्जा चापाकोटमा भब्यताकासाथ महायज्ञ सम्पन्न ६ करोडभन्दा बढी दान सङ्कलन ५ करोड बराबरको भुमि संकलन ।

0
पौष १,२०७३ शुक्रबार
सुुरज खडका 
   स्याङजा चापाकोटको श्री गंगालाल उच्च मा.वि.लाई प्राविधिक शिक्षालय सञ्चालनको लागि अर्थ सङ्कलन गर्ने उद्देश्यका साथ् सुरु गरिएको महायज्ञ २०७३ मंसिर २० गते देखि सुरु भई २७ गते सम्म श्री गंगालाल उच्च मा.वि. को प्रङ्गणमा समाप्न भयो

शिक्षालाई सर्वसुलभ र सबैको पहुँचमा पु¥याउनपर्नेमा जोड दिँदै आयोजक समितिले धार्मिक क्रायक्रम सुरु गरेको जनायको छ । बिधालयका प्रधानाध्यापकले आध्यात्मिक क्षेत्रको सहयोगबाट उठेको सहयोगले शिक्षाको विकासमा र स्तर उन्नतिको गतिविधि सञ्चालन गर्न टेवा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

गङ्गालाल माध्यमिक विद्यालय, चापाकोटमा सञ्चालन भएको महायज्ञमा रु ६ करोड ३२ लाख ७७ हजार चारसय ७० बराबरको दान सङ्कलन भएको छ ।

महायज्ञमा रु एककरोड तीनलाख नौसय ७० नगद र रु पाँच करोड २९ लाख ७६ हजार पाँचसय बराबरको जग्गादान सङ्कलन भएको मूल आयोजक समितिका संयोजक हरि पँगेनीले बताउनुभयो ।

प्राविधिक शिक्षा सञ्चालनका लागि भएको महायज्ञमा लक्ष्यभन्दा बढी दान सङ्कलन भएको छ । गत मङ्सिर २० देखि २७ गतेसम्म सञ्चालन भएको महायज्ञ अवधिभर पण्डित दीनबन्धु पोखरेलले सङ्गीतमय शैलीमा कथावाचन गर्नुभएको थियो ।

चापाकोट–११ कुवाकोटका मित्रलाल कोइराला, रामु कोइराला र राजु कोइरालाको परिवारले महायज्ञमा सबैभन्दा बढी रु ५१ लाख बराबरको जग्गादान गर्नुभएको मूल आयोजक समितिका सदस्य अर्जुन खनालले जानकारी दिनुभयो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top