स्याङ्जा परिवार, दक्षिण कोरिया परिवारले आगामी सलनालको अवसरमा(२०१७ जनवरी २८ तारीक) बृहत साँस्कृतिक कार्यक्रम गर्ने ।

0
मंसिर २१,२०७३
आगामी सलनालको अवसरमा अर्थात २०१७ जनवरी २८ तारीक यस स्याङ्जा परिवारले बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ, यसको लागि सम्पूर्ण तयारी द्रुतगतिमा भईरहेको सहर्ष जानकारी गराउँदछौं । यस कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउनका निमित्त सम्पूर्ण स्याङ्जाली महानुभावहरुलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अपील गर्दछौं । सोही सलनालको अवसरमा प्रथम पटक भाग्यशाली चिठ्ठा कार्यक्रम गर्न लागेको दुई संस्थाहरु संखुवासभा सम्पर्क समिति, दक्षिण कोरिया तथा सुर्खेत कोरिया सम्पर्क समिति, दक्षिण कोरिया लाई पनि कार्यक्रम सफलताको हार्दिक अग्रिम शुभकामना व्यक्त गर्दछौं । सबै व्यवस्थापनका लागि नेपाली सम्पर्क समिति, दक्षिण कोरियालाई हार्दिक धन्यवाद र  सफलतापुर्वक कार्यक्रम सम्पन्न पार्नुभएकोमा धेरै धेरै बधाई ।
        नेपाली सम्पर्क समिति, (NCC) दक्षिण कोरियाको साँस्कृतिक कार्यक्रम बाँडफाँड कार्यक्रममा स्याङ्जा परिवारको तर्फबाट सहभागी भई आफ्नो अमूल्य समय प्रदान गरेर संस्थाको उद्देश्यमा सहकार्य र हातेमालो गर्नुहुने समस्त अग्रज, शुभचिन्तक महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

                                                    अध्यक्ष
                                                  राजु भण्डारी
                                                          तथा
                          स्याङ्जा परिवार, दक्षिण कोरिया
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top