मुस्लिम समुदायबाट मस्जिदमा गरियो बडा दशै शुभकामना तथा हिन्दु धर्मको सम्मान कार्यक्रम ।

0
२०७३, असोज २३ ।

दशैं भन्ने बितिकै हिन्दु धर्माबलम्बीहरुले मात्र, धुमधामसँग शुभकामना आदान प्रदान गरि मनाउँछन् भन्ने मान्नुहुन्छ भने तपाई गलत पनि हुन सक्नुहुन्छ । नवलपरासीको कावासोती कोईलापानीमा बस्ने मुस्लिम समुदायले दशैंको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान गरेका छन् । मस्जीद भित्रनै हिन्दुहरुको पर्व विजया दशमीको शुभकामना आदान प्रदान गरेका गरिएको हो ।
पिस सेन्टर नेपाल तथा कोईला पानी मुस्लिम समाजको आयोजनामा  विजया दशमी, शुभ दिपावली, छठको अवसरमा शनिबार सुभकामना आदान प्रदान गरिएको हो । विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य नन्द प्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा प्रहरी निरिक्षक हरि प्रसाद विसी, पिस सेन्टर नेपालका महासचिव  जौन उदिन मिया लगाएत, यस क्षेत्रमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजिवी, संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि अर्यालले मुस्लिम समुदायले समेत दशैंमा देखाएको चासो प्रति खुसी व्यक्त गर्दै सामाजिक सद्भाव कार्यम गर्न सहयोग पुग्ने बताए ।  कोईलापानीमा निर्माणाधिन मस्जिद भित्र आयोजना गरिएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले मुस्लिम समुदायबाट भएको कृयाकलापले हिन्दुधर्मालम्बीहरुले खुसी व्यक्त गरेका थिए । शुभकामना दिने मुस्लिम एक बक्ताले भने, हामीहरु हिन्दुसँग नजिक छौं, अहिले पनि हामीले मिलेर  बसका छौं , यो समाजिक सद्भाव बलियो बनाउन हिन्दुहरुको पर्वको सम्मानमा यस्तो कार्यक्रम आयोजना गरेका हौं


कोईलापानी मुस्लिम समाजका अध्यक्ष हासिम मियाको अध्यक्षता रहेको कार्यक्रममा मुस्लीम समुदायको समेत बाक्लो उपस्थिती रहेको थियो । सहभागिहरुले हिन्दु धर्माबलम्बीहरुसँग आफ्नो मित्रताको प्रसंसा गरेका थिए । उनीहरुले आफूहरुले समेत हिन्दुधर्मालम्बीहरुसँगै खुसी साटेर दशै मनाउने बताएका थिए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top