धादिङमा ९० वर्षे वृद्धाालाई अोच्छ्यानसहित निकाले घरमा डोजर लगाइ दिय।

0
monday, Aug 08, 2016

धादिङ, साउन २३ – जिल्ला वन कार्यालयले धादिङले वन अतिक्रमण गरेर बनाइएका घर टहराहरु धमाधम भत्काउन थालेको छ । वन कार्यालयले भत्काएका घरटहराहरु नेकपा एमाले भएकै कारणले भत्काइएको आरोप लगाएको छ नेकपा एमाले बागमती अञ्चल सदस्य जगन्नाथ नेपालको नेतृत्वमा आइतबार जिल्ला वन कार्यालय र जिल्ला प्रशासन
कार्यालयमा एक प्रतिनिधि मण्डलले भेट गरि घर भत्काउँदा एमाले कार्यकताको मात्र छानी छानी भत्काएको आरोप लगाएको हो ।  वन कार्यालयले नजिकै रहेको वन क्षेत्रमा बनाइएका चार वटा घर टहरा भत्काएको थियो । वन क्षेत्रमा बनेका अन्य घरहरु नभत्काएको र एमाले कार्यकर्ताहरु रहेको घरमात्र भत्काएकाले गम्भीर आपत्ति भएको भन्दै कानुनी दयरामा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई आग्रह गर्नुभयो ।
घरमा बसेका बिरामी माथि दुव्र्यवहार गर्दै ओछ्यानसहित बिरामीलाई बाहिर निकालेर घरमा डोजर लगाएको एमालले आरोप लगाएको छ । ९० वर्षे कष्णबहादुर थापालाई सुतेकै बैरेनी–८ भत्टार
ठाउँबाट ओच्छ्यानसहित बाहिर नकालेर डोजर लगाएको एमालेको आरोप छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले घटना बारे निश्पक्ष छानविन गर्ने बताउनुभएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top