अगष्ट 24
नेपालबाट बेलायत भ्रमणमा रहनु भएका सम्मानिय संसद डाक्टर श्री गणेश मान गुरुङ ज्यु र वहाँको धर्म पत्नी श्रीमती सरस्वती गुरुङ ज्यु लाई तमु धीं लण्डन इकाई का दिदी बहिनीहरु द्वारा यो महान हरितालिका तीजको शुभ-अवासर पारी सस्थाका अध्यक्ष श्री दीपक गुरुङ ज्यु र सस्थाका बरिस्ठ सल्लाकार श्री ले.नारायाण प्रसाद गुरुङ बि.ई.एम ज्यु साथै तमु धीं लण्डन इकाईको आमा समुह को महसचिब श्री दिल माया गुरुङ् ज्यु बाट फेता गुथी खादा को साथ गुल्दास्त सहिद भब्यताका साथ स्वागत गरियो थियो
आमा समुहको अध्यक्ष श्री हुम कुमारी गुरुङ ज्यु द्वारा श्रीमती सरस्वती गुरुङ ज्यु लाइ खादा र फुल ले सम्मान गरियको थियो अन्तमा संसद डाक्टर श्री गणेश मान गुरुङ ज्यु ले सस्थालाई हित हुने कुरा सल्लाह सुझाव अनि संस्थाको उत्तर उत्तर प्रगती को शुभ कामना दिनु भयको थियो
डाः गणेश ज्युले केही मन छुने मार्मीक् कुराहरु पनि राख्नु भयो र अन्तमाप्रवासमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरुलाई हरितालिका तीज को शुभ कामना दिदै दिदी बहिनीहरुको साथमा रमाउदै भलाकुसारीका साथ रमाउनु भयको थियो।
अपराह्न ४ बजे तमु धीं लण्डन इकाईबाट डाः गणेशमान गुरुङ ज्यु बिदा लिएर जानुभयको थियो।
हाम्रो तमु धीं लण्डन इकाईको यो बर्ष को हारीतालीका तीज पनि भब्यताका साथ सु- सम्पन्न भयो र हरितालिका तिज पार्टी कार्यक्रम रातको १० बजे समाप्त भयको थियो सम्पूर्ण प्रवास लण्डनमा हुनुभएकाा दिदि बहिनीहरु माईती सम्झी अाइदिनु भएकोमा तमु घीं लण्डन ईकाई हिर्दयबाट नै धेरै धेरै धन्यवाद दिन चाहन्छ ।
तमु धीं लण्डन इकाईका श्री चेत प्रसाद गुरुङ ज्युले बडो खुसीका साथ अर्को साल पनि प्रवासी जीवन बिताउनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुको यस्तै बाक्लो उपस्थिती को अपेक्षा राख्छौ भन्नू भयको थियो।
चेत प्रसाद गुरुङ अर्थमन्त्री तमु धीं लण्डन इकाई समिति ।
तमु धीं लण्डन इकाईले आयोजना गरेको हरितालीका तिज कार्यक्रम भब्यरुपमा सम्पन्न ।
August 25, 2016
0
Tags