पर्वतमा चिरा परि पहाड खस्यो ४ घर बिस्थापित २७ घर जोखिममा ।

0
फलेवास (पर्वत)
पर्वतमा बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि उत्तरी पर्वतको माझफाँट गाविसका चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् ।

लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा परेर गत एक हप्तादेखि पहिरो खस्न थालेपछि माझफाँट गाविस–९ का चार घर पूर्णरुपमा विस्थापित बनेका छन् भने बाँकी २७ घर पनि जोखिममा परेका हुन् । स्थानीयबासी नगेन्द्र कार्की, पदम कार्की, डेगबहादुर कार्की र रन्जित पुनको परिवार अहिले पूर्णरुपमा विस्थापित बनेको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top