साउदी अरबमा एनआरएनए नवौ बार्षिक उत्वस भव्वरुपमा सम्पन्न ।

0
 १४ शुक्रबार २०७३
२९ जुलाइ, २०१६
सुरज खड्का
  1. शुक्रवार, अलखोवर स्थित  गैर आवासीय नेपाली संघ साउदी अरबको नवौं बार्षिकोत्वस कार्यक्रम सम्पन्न भएको छ ।मध्यान्ह १२ बजेदेखी सुरू भै साझ ५:३० बजे सम्पन्न  भएको कार्यक्रममा नेपाली राजदूतावासका श्रमसहचारी, दूतावासका कर्मचारी, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू,समाजसेवि तथा बुध्दीजिविहरू लगायत नेपाली दिदिबहिनि तथा दाजुभाइहरूको ठूलो संख्यामा जमघट रहेको थियो कार्यक्रमलाई सुर देखि अन्यसम्म साउदी नेपाली अनलाईन टिभी ले प्रत्यक्ष प्रसारण गरेको थियो।


उक्त कार्यक्रम तेज थापाद्वार संचालन भयको थियो   कार्यक्रम आसन ग्रहणबाट सुरू गरिएको थियो । एनसीसी अध्यक्ष नाराणय पासवानज्युको सभापतित्वमा नेपाली राजदूतावासका श्रम सहचारी अम्बिका प्रसाद अधिकारी प्रमुख अतिथि तथा NRNA ICC FEMWWC संयोजक धर्म  के.सी. बिशेष अतिथिको रूपमा आसन ग्रहण गर्नु भएको थियो ।  
कार्यक्रममा नेपाली दूतावासका कर्मचारी,
 NRNA साउदीका संस्थापक तथा तमुधी संघ प्रवास साखा साउदी अरवका संरक्षक ओम घले, NRNAसाउदीका संस्थापक तथा  भुतपुर्व NRNA-ICC मध्यपुर्व सहसंयोजक राजु सैयद, NRNA साउदीका संस्थापक तथा नेपाल मगर संघ होटेल व्यवसायी तथा समाज सेवी श्री लिम्बु तथा नेपाली दिदिबहिनिहरु लगायत थुप्रै सस्थाका पद अधिकारी हरुले अतिथिको रूपमा आसन ग्रहण गर्नुभएको थियो ।
“स्वदेश गान जाग जाग जाग है नौ जवान हो बोलको गित सँगै NCC - RCCतथा LCC समुहले आ-आफ्नो व्यानर र नेपाली झण्डा सहित मार्चपास गर्दै मंचमा प्रबेश गरेका थिए ।

मार्चपास पछि  कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथि तथा संस्थापकहरूको संयुक्त रूपमा दिप प्रज्जलन गरि नवौं बार्षिक उत्सव औपचारिक रूपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन सँगै मार्चपासको समुह तथा उपस्थित सबैले एकै स्वरमा राष्ट्रिय गान गुनगुनाएका थिए ।
मन्तव्य कार्यक्रममा अन्तर्गत एनसीसी सदस्य उमेश भट्टराइले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरी बैदेशिक रोजगार तथा आप्रवासि नेपाली कल्याणकारी समितिका संयोजक धरम के. सी. ले संस्थाको समग्र सार संक्षितप्त बारे जानकारी मन्तव्य दिनु भएको थियो ।त्यसै गरी एनसीसी कोषाध्यक्ष खगेन्द्र बिक्रम नेम्वाङ कारणवस कार्यक्रममा उपस्थित हुन नसके कुरा तेज थापाले जानकारी गराउनु भयको थियो कोषाध्यक्ष खगेन्द्र बिक्रमको नभए पछि उपाध्यक्ष डमर कुमार यादवले कोषाध्यक्षद्वारा संप्रेषण गरिएको आर्थिक प्रदिबेदन प्रस्तुत गरेका थिए  । साथै NCC को बैठक द्वारा गठित आर्थिक अडिट टिमका सदस्य धरम के. सी. द्वारा अडित रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका बिशेष अतिथिद्वारा एनआरएनए साउदीका संस्थापकहरूलाइ सम्मान पत्र बितरण गरीएको थियो भने प्रमुख अतिथिद्वारा एनआरपी पासपोर्ट सहजि करण शेवामा सहयोग पुराउने स्वयम शेवक तथा गत बर्ष नेपालमा गएको भुकम्प राहत संकलन सहजकर्ता तथा सहयोगीहरूलाइ प्रमाण पत्र बितरण गरिएको थियो । त्यसैगरि एनसिसि अध्यक्षद्वारा उत्कृष्ठ क्षेत्रिय एनआरएन लाइ प्रसंसा पत्र बितरण गर्नु भएको थियो भने संस्थालाइ सहयोग पुराउने समाजशेवीहरूलाइ सम्मान पत्र बितरण गरिएको थियो ।
एनआरएनए साउदीका संस्थापक ओम घले तथा नेपाली राजद्तावासका श्रमसहचारी तथा कार्यक्रमका प्रमुख अतिथिको शुभकामना मन्तव्य सँगै कार्यक्रमको पहिलो र दस्रो चरण समाप्त भएको थियो ।
कार्यक्रमको तेस्रो चरणमा नेपाली राजद्तावासका श्रमसहचारी, बैदेशिक रोजगार तथा आप्रवासि नेपाली कल्याणकारी समितिका संयोजकको संलग्नतामा पिडितहरू तथा उपस्थित सहभागिहरू बिच श्रमिक समस्या बारे अन्तरकृया कार्यक्रम चलाइएको थियो ।

 अन्तरकृया कार्यक्रममा बिभिन्न कारणले पिडा भोगि रहेका श्रमिकहरू प्रत्यक्ष रूपमा उपस्थित भै आ-आफ्ना समस्या र भोगी रहेका पिडा बारेमा श्रम सहचारीलाइ अवगत गराएका थिए भने श्रम सहचारीज्युले ति समस्याहरूका बारेमा दूतवासबाट भै रहेको पहल र समाधानका बारेमा जानकारी गराउनु भएको थियो । अन्तरकृया कार्यक्रममा सँगै कार्यक्रमका सभापतिले मन्तव्य राख्दै औपचारिक कार्यक्रम समापन गर्नु भएको थियोअनौपचारी कार्यक्रम अन्तर्गत  बिभिन्न कलाकारहरूको कला तथा प्रतिभा प्रस्तुत कार्यक्रम संचालन गर्नुभएको थियो
सो क्रममा रिया घर्ति मगरले “कोही यहाँ पैसा र डलरमा बेचिदै छन्” नामक शिर्षकमा निकै मार्मिक कबिता बाचन गर्नु भएको थिएको थियोभने, गायक दिपक सुबेदिले “यहाँ देशको छ चिन्ता, तिमि माया-माया भन्छौ” बोलको सुमधुर र कर्णप्रिय गित सुनाउनु भएको थियो ।
 त्यसै गरि अन्जनिक कुमार अधिकारीले “मेरो समपना के होला” शिर्षकमा कबिता बाचन गर्नुभएको थियो र अन्त्यमा नेपाली संस्कृतिक टिमद्वारा नृत्य गरि कार्यक्रमको माहोललाई सुनमा सुगन्ध बनायका थिए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top