प्युठान मा पहिरो बाढीले १० जना बगायो

0
मंगलवार, साउन ११, २०७३
 
प्युठानः प्युठानमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । प्युठानका डिएसपी रञ्जीतसिंह राठौरले ४ जनाको खोलाले बगाएर र ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

राप्ती नदीमा आएको बाढीले चार जनालाई बगाएको र विभिन्न ठाउँमा गएको पहिरोले पुरेर अन्य ६ जनाको मृत्यु भएको डिएसपी राठौरले बताए ।

मृत्यु हुनेमा ६ जना पुरुष र ४ जना महिला छन् । प्युठानका विभिन्न गाविसमा पहिरोले पुरिएर दर्जनौ बेपत्ता भएका छन् । बाढी र पहिरोको पूर्ण विवरण आउन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top