साउदीविरुद्ध नेपालको शानदार जित

Unknown
0
बुटवल १७, भदौं । 

एसिसी अन्डर(१९ प्रिमियर लिगमा बिहीबार बिहान नेपाली बलरहरुले जादुयी प्रदर्शन गर्दै शानदार जित हात पारेका छन् । मलेसियामा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि ९ विकेटको शानदार जित हात पारेको छ ।टस जितेर ब्याटिङ रोजेको साउदी टोली नेपाली बलर सामु निरीह सावित भयो।
नेपाली बलरहरुको धारिलो प्रहार सामना गर्न नसक्दा ३३।३ ओभरमा ५५ रन बनाएर साउदी अलआउट भएको हो।१० ओभर फूल स्पेल बलिङ गरेका सुशील कँडेलले ९ मेडन ओभर राख्दै १२ रन दिएर ४ विकेट लिए।६ ओभर बलिङ गरेका सुनिल धमालाले ३ ओभर मेडन राख्दै दुई साउदी ब्याट्सम्यानलाई पेभेलियन फर्काए।प्रेम तामाङको हातमा दुई विकेट पर्यो। दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी तथा दीपेश श्रेष्ठले साउदी टोलीलाई धरासायी बनाउन अतिरिक्त भूमिका निर्वाह गरे।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top