SOURCE :- NEWS AABHIYAN
अविरल वर्षाको कारण जनजिवन प्रभावित, देशको विभिन्न ठाँउमा हिमपात -
October 14, 2014
0
काठमाण्डौ । हिजो देखी देशैभर परेको लगातार वर्षको कारणले गर्दा जन जिवन प्रभावित वनेको छ । काठमाण्डौमा ह्वातै जाडो बढेको छ । देशको ठाँउ ठाँउमा हिउ परेको छ । लगातार वर्षाको कारणले गर्दा स्कूलमा समेत प्रभाव परेको छ । उपल्लो मुस्ताङको लोमान्थाङलगायतका क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। लोमान्थाङमा तीन इन्च हिउँ परेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना लोमान्थाङका प्रमुख सन्तोष शेरचनले बताए। ‘हिमपातसँगै चिसो एक्कासी बढेको छ, शेरचनले भने, ‘गएरातीदेखि लगातार हिमपात हुँदा यहाँ आएका पर्यटक समस्यामा परेका छन्। ३८ सय मिटरको उचाईदेखि माथिल्लो क्षेत्रमा हिमपात भएको हो। गोरखामा पनि हिमपात गोरखा(सोमबारदेखि निरन्तर वर्षा भएपछि गोरखाको उत्तरी हिमाली क्षेत्रमा पनि हिमताप भएको छ। हिउँ परेर चिसो बढेपछि दैनिक जनजिवन प्रभावित बनेको स्थानीयले बताएका छन्। तिब्बतसँग सिमाना जोडिएको समागाउँदेखि ल्हो, बिही, प्रोक, छेकम्पार, चुम्चेतलगायत गाविसमा हिमपात भएको छ। सोमबार बिहानैदेखि परेको पानीसँगै हिउँ पर्न थालेको हो। हिमपातपछि मंगलबार बिहानबाट आधा दर्जन उत्तरी दुर्गम गाविसमा सञ्चारसमेत टुटेको छ। सिडिएमए फोन, प्रहरी सञ्चार सेटमा पनि सम्पर्क हुन नसकेको गोरखाका प्रहरी नायव उपरीक्षक रमेश थापाले बताए।
Tags