अव मालपोत कार्यालय वालिङ्मै

Unknown
0
वालिङ्मा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । बिहिवार बसेको मन्त्रीपरिषदको निर्णय अनुसार वालिङ्मा नापी र मालपोत कार्यालय स्थापना हुने भएको हो । मालपोत र नापी कार्यालय स्थापना भएपछि स्याङ्जाका पश्चिम क्षेत्रका वासिन्दाहरु लाभान्वित हुनेछन् । नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादी लगायतका दलहरुको संयुक्त प्रयासबाट मालपोत र नापी कार्यालय वालिङ्मा आउने भएको छ ।
पश्चिम स्याङ्जाका सर्वसाधरणहरु जग्गा पास र नक्साका लागि सदरमुकाम धाउनुपर्ने अवस्था थियो । जसले गर्दा त्यस क्षेत्रका सर्वसाधरणहरुलाई दुई देखि तिन दिन र ५ हजार देखि १० हजार सम्म खर्च हुने गरेको थियो । वालिङ्मा मालपोत र नापी आउने भएपछि सर्वसाधरणहरुले एकै दिनमा काम सकेर घर फर्कने छन् ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top