काठमाडौं, आश्विन ३१ । संविधानका विवादित विषयमा प्रमुख दलहरुबीच सहमति हुन नसकेपछि प्रश्नावली बिनाकै प्रतिवेदन संविधानसभामा पठाइने भएको छ । सहमति जुटाउने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पटक–पटक थपिएको अवधिमा समेत सहमति जुटाउन नसकेपछि सहमति र असहमतिका बूँदालाई पुरानै ढर्रामा संविधानसभामा पठाइने भएको हो ।
सहमतिका लागि प्राप्त अन्तिम दिन शुक्रबार शीर्ष नेताहरुबीच भएको छलफलमा पनि नेताहरु आ–आफ्ना अडानबाट पछि नहटेपछि संविधानसभाले ‘जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने’ गरी बैठक टुंगिएको संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।
यसअघि समितिको म्याद थप गर्दा सहमति जुट्न नसके सहमति र असहमतिका बूँदालाई प्रश्नावलीको रुपमा पेश गर्न संविधानसभाले निर्देशन गरेपनि समिति त्यो समेत गर्न असफल भएको छ ।
Source :- Image Khabbar