Source :- Aanapurna Post
रक्सीले मातेको सुरमा झुन्डिएर आत्महत्या
October 09, 2014
0
खोटाङ: रक्सीले मातेको सुरमा खोटाङका एक युवकले झुन्डिएर आत्महत्या गरेका छन्। पाथेका–२ का २६ वर्षीय रुगमान गुरुङले गएराति झुन्डिएर आत्महत्या गरेका हुन्। सामान्य घरायसी विवादपछि गुरुङले राति करिब १२ बजेको समयमा घर नजिकैको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको स्थानीय रञ्जीव राईले जानकारी दिए। राईका अनुसार गुरुङ सुस्त मनस्थितिका थिए।गुरुङको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले जनाएको छ । उनको श्रीमती र एक छोरा छन्। -
Tags