काठमाडौं : चितवनमा एउटा ट्रकले कारलाई ठक्कर दिदा कारमा सवार तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । काठमाडौंबाट चितवनतर्फ गइरहेको बा ३ च ५५१६ नम्बरको कारलाई चितवनको फिस्लिङमा ना ४ ख ४४१ नम्बरको ट्रकले ठक्कर दिदा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सरोज तिवारी, ललित तिवारी, सृजन पाखरेल छन्। -