जीतपछि ईटालीले छनौट समुहमा तीन खेलबाट ९ अंकसहित अग्रता लिएको छ । युरोकप छनौट अन्तर्गत गएरातीको अर्को खेलमा नेदरल्याण्ड्स भने पराजित भएको छ ।
लगातार खराब प्रदर्शन गरीरहेको नेदरल्याण्ड्स गएरातीको खेलमा कमजोर प्रतिद्वन्द्वी आईसल्याण्डसँग २-० ले हारेको हो ।
खेलमा आईसल्याण्डलाई विजयी गराउन जिल्फी सिगुर्डसनले दुबै गोल गरे । यो हारसँगै नेदरल्याण्ड्सको युरोकप छनौट यात्रा कठिन बनेको छ । छनौटका तीन मध्ये दुई खेलमा डच टोली हारीसकेको छ ।
युरोकप छनौटकै अर्को खेलमा चेक गणतन्त्रले काजखस्तानलाई ४-२ ले, ईजरेलले एण्डोरालाई ४-१ ले, वेल्सले साईप्रसलाई २-१ ले तथा क्रोएशीयाले अजरबैजानलाई ६-० ले हराएका छन् । गएराती नर्वेले बुल्गेरीयालाई २-१ ले हराँउदा टर्की र लात्भियाले १-१ गोलको बराबरी खेलेका छन् ।
Source :- Image news
