मञ्चले विगत ९ वर्ष देखि निरन्तर रुपमा विविध मनोरञ्जनात्मक साँस्कृतिक झाँकी सहित नेपाली श्रमिक, संघ संस्थाका प्रमुख, समाजसेवी तथा वुद्धिजिवी र व्यावसायीहरुको घरमै प्रत्यक्ष रुपमा गएर देउसी भैलो खेल्दै आएको छ ।
प्रवासमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षण सम्वर्धन गर्न मञ्चले यस्तो किसिमको कार्यक्रम आयोजना गरेको कुरा मञ्चका अध्यक्ष दिल किरण खजुमले जानकारी दिनु भयो ।देउसी भैलो कार्यक्रम लक्ष्मी पुजाको दिन देखि प्रारम्भ गरेर भाई टिकाको दिन समापन गरिने कार्यक्रम रहेको छ ।
हामीले अधिकतम रुपमा श्रमिक र अविभावकहरुलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेकोले जनसंगीत मञ्चका कलाकारहरुले तयारी पुरा गरी सकेको कुरा जनसंगीत मञ्चका सचिव जीतेन भण्डारीले वताउँनु भयो ।
Source :- Image nepal news