गल्याङ्,। नेपाल मगर संघ इकाई समिति गल्याङ्को सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जैसिंह राना मगरको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितीको उपाध्यक्षमा राम वहादुर सिङ्जाली मगर , सचिवमा मुक्तिश्वर राना मगर , सहसचिवमा जमुना थापा मगर कोषाध्यक्षमा भिम वहादुर थापा मगर गरी १९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् ।
अधिवेशनको उद्धघाटन गर्दै नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य तथा समाजसेवि नर वहादुर राना मगरले पहिचान सहितको संघिय सविंधान तोकिएको समयमै निमार्ण गर्न जनजाति समुदायको थप दवावको आवश्यक्ता परेको ठहर गर्दै आदिवासी जनजातीको आवाज विहीनको सविंधान जारी भए चुप लागेर नवस्ने चेतावनी दिनुभयो । कार्यक्रममा नेपाल मगर संघ स्याङ्जा जिल्ला सचिव लोकेन्द्र तराँमु मगर , नेपाल मगर वौद्ध सेवा समाज स्याङ्जाका अध्यक्ष पदम गाहा मगर , भू.पू. सैनिक संघ क्षेत्र न. ३ स्याङ्जाका अध्यक्ष सु.चन्द्र वहादुर रखाली मगर , पूर्व जिल्ला कोषाध्यक्ष विनोद राना मगर, समाजसेवि दुर्गा थापा मगर , मगर युवा संघ गल्याङ्का अध्यक्ष डोलु थापा मगर लगाएतले पहिचान सहितको सघिंय सविंधान र मगर एकताको वारेमा खुलेरै चर्चा गरेका थिए ।
नेपाल मगर संघ गल्याङ् को सभाहल लेमभित्तामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव कुमार राना मगर र समितिका निर्वतमान अध्यक्ष याम वहादुर गाहा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Source :- News Aabhiyan
