पाल्पाको रामपुरमा मिनि महोत्सव आज देखि शुरु

Ganapati Manufacturing Company Pvt. Ltd.
0
  पाल्पाको रामपुरमा आज देखि रामपुर मिनि महोत्सव तथा रमाईलो दशै मेला २०७१ शुरु भएको छ । महोत्सवको आज उद्घाटन गरिएको छ । भाद्र २५ गते देखि शुरु हुने भनिए पनि प्राविधिक व्यवस्थापनमा ढिलाई भएका कारण आजबाट महोत्सव शुरु गरिएका मेला आयोजक समितिले जनाएको छ । रामपुर नगरपालिका वडा नं. ७ वेझाँड बजारको नगरपालिका कार्यालय भवन प्राङ्गणमा सञ्चालन हुने महोत्सव यही आउदो असोज २० गते सम्म चल्ने छ । मेलामा रोटे पिङ , नाउ झुला लगाएत विभिन्न बाल उद्यान एवं कलाकारहरुको दैनिक साँस्कृतिक प्रस्तुति रहने मेला व्यवस्थापन समितिका संयोजक रामचन्द्र भट्टराईले बताउनुभयो ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top