अस्पताल र व्यवसायीहरुविच झडप १० जना व्यवसायी प्रहरी नियन्त्रणमा

Unknown
0


विनोद थापा /भाद्र २ -बुटवल ।

विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका लुम्बिनी अञ्चल अस्पताल बुटवलका सटर व्यवसायीहरुलाई प्रहरीले सनिबार गिरफ्तार गरेको छ। अस्पतालले खोलेको सटरहरुको टेण्डर प्रकृयाका विरुद्ध प्रदर्शनमा उत्रेका १० जना व्यवसायीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो।

वर्षौदेखि व्यवसाय संचालन गर्दै आएका व्यवसायहरुलाई टेण्डर प्रकृयाले विस्थापित गर्ने भन्दै व्यवसायीहरु विगत एकमहिना देखि चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्। शनिबार बिहान टेण्डर प्रकृया रद्धको माग गर्दै अञ्चल अस्पताल भित्र प्रवेश गर्न खोजेका व्यवसायीहरुसँग प्रहरीको झडप भएको थियो। टेण्डर प्रकृयाको विरोध गर्दै अस्पताल विरुद्ध चर्को चारावाजी गरेका व्यवसायीहरु र प्रहरीबीच अस्पतालको गेटमा झडप भएको हो।

शुरुमा सटर बन्द गरेर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले रिले अनसन सम्मको आन्दोलन गर्दै आएका थिए।तर अस्पतालले टेण्डर प्रकृयाको लागि १ महिनाको समय राखि जारी गरेको सूचनाको समय सकिन ३ दिन मात्र बाँकि रहंदा व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन्। अस्पताल विरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीहरु प्रहरीसँग मुठभेड गर्न खोजेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरुमा रोशन गिरी, रामप्रसाद पन्थ, शशि पौडेल, बाबुराम आचार्य, हुमाकान्त काफ्ले, सन्तोष राना, भरत नेपाल, विकास भण्डारी, गणेश शर्मा, र प्रेम चौधरी रहेको बताईएको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरीले जनाएको छ।व्यवसायीहरुले लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन डा.तारानाथ पौडेलको राजीनामा माग गर्र्दै प्रदर्शन गरेका थिए।ठूलो संख्यामा नाराबाजीका साथ उत्रिएका प्रदर्शनकारीहरुका कारण केहि बेर अस्पताल परिसर तनाब ग्रस्त बनेको थियो।

प्रदर्शनकारीहरुको आन्दोलनलाई नियन्त्रण गर्न अस्पताल परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो।व्यवसायीहरुको आन्दोलनलाई स्थानीय व्यवसायीक संघसंस्था र केहि राजनीतिक दलका नेताहरुले समेत समर्थन गरेको व्यवसायीहरुले दाबी गरेका छन्।
सटर व्यवसायी संघका अध्यक्ष ढुण्डीराज शर्माले अस्पताल प्रशासनमा भएको आर्थिक अनियमिततालाई ढाकछोप गर्न सटरहरुको टेण्डर प्रकृयाको नाटक रचिएको बताए।
सटरहरुको भाडा प्रकृयामा अनियमिता हुने गरेको भन्ने जनगुनासो बढेपछि अस्पतालले आफ्ना ७२ वटा सटरहरुको भाडाको लागि टेण्डर आव्हान गरेको हो।

गत भदौ १ गते खोलिएको सटरहरुको टेण्डर भर्ने समय यहि भदौ ३१ गते सकिदै छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top