प्रभुको भजन भनेर दौडिएर गएकी थिए, हिन्दू शब्द देखेपछि गाउन मानिन : अञ्जु पन्त (भिडियो सहित)

0
काठमाडौं । गायिका अन्जु पन्तले एउटा गीतमा हिन्दूवादी शब्द भएको भन्दै गाउँन नमानेको विषयले यतिबेला बजार तातेको छ ।

गीत गाएरै चर्चा बटुलेकी अञ्जुले धर्मले नदिने भन्दै गीत गाउन नमानेपछि उनको चर्चा र आलोचना बजारमा सेलाएको छैन ।

गीत गाउन नमानेको विषयमा उनको चर्को आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकबाटै माफी मागिन् । त्यतिले पनि साम्य नभएपछि उनले आफूले स्वास्थ्यका कारण गाउन नसकेको र हिन्दूलाई अपमान नगरेको दावी गर्दै आएकी छन् ।

तर उनले एक चर्चमा गएर आफूले भजन गीत गाउन नमानेको सुनाएकी छन् । ख्रीस्टीय कला संघले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई प्रभुको भजन भनेपछि दौडिएर गएको तर हिन्दू शब्द देखेपछि नगाएको खुलाएकी छन् ।

केही समयअघिको उक्त भिडियोमा उनले, ‘परमेश्वरले सारा सृष्टि गर्न हुने, स्वर्गमा विराजमान हुने हाम्रो पिता परमेश्वरलाई चिनिसकेपछि उहालाई चिनिसकेपछि अब म त्यो ठाउँमा फर्किएर जान सक्दिन ।’ भनेकी छन् ।

‘हिजोको दिनमा म जति अज्ञानी थिए अब म बुझ्ने भइसके अब त त्यो ठाउँमा अरुलाई राख्नै सक्दिन, म त प्रभुको भजन भनेर आएको प्लीज मलाई माइण्ड नगर्दिनुहोला म यो भजन गाउन असमर्थ हुन्छु,’ भनेर भनिदिएको पनि खुलासा गरेकी छन् ।

गायिका पन्तले आफूले उक्त स्थानमा गएर इसाई धर्मको बारेमा धेरै कुरा सुनाएको पनि उल्लेख गरेकी छन् । विवादमा परेपछि सबै धर्मलाई सम्मान गर्ने भन्दै आफूले अपमान नगरेको बताएपनि उनले उक्त भिडियोमा सबै धर्म एकै नभएको पनि जिकिर गरेकी छन् ।

‘सबै धर्म एकै होइन, आज मैले भनेकी छु, भोलि तपाईले थाहा पाउनुहुनेछ, मेरै इश्वर, मेरै माता, मेरै सखा यसरी लेख्नुहोस् भने,’ उनले भनेकी छन्, ‘म प्रभुको नामलाई चाँही नीच हुन दिन्न भन्दै मैले प्राथना गरे ।’

हिन्दू धर्म त्याग गरी केही समयअघि मात्रै इसाई धर्म मान्न थालेकी अन्जु पन्त पछिल्लो समय विवादमा परेकी छन् ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top