खिमलाल, दुबई । बिगत केहि समय अगाडी देखि बिदेशियका युवाहरु अकालमै ज्यान गुमाइरहेका छन्|कहिले दुबई, कहिले कतार, कहिले साउदी त कहिले मलेसियामा कोहिले आत्म हत्या गरि त कोहिले दुर्घटनामा परेर आफ्नो ज्यान गुमाउन पुगेकाछन|यस प्रति किन कसैको ध्यान आकर्षण भएको छैन| के नेपालि युवाहरु पर्ती कसैको ध्यान पुग्दैन?
प्रवासको ठाउ दुबईमा पनि यस्तै समस्याहरु निकै बढिरहेको देखिन्|जहा कामको शिलाशिलामा दुबई आएका नेपालिहरुको पनि मृत्यु हुने क्रम बढ्दो देखिएको जानकारी प्राप्त हुन आएकोछ|हुन पनि अहिलेको दृस्टीकोणमा त्यस्तै त्येस्तै देखिएको छ। बिगत केहि महिना देखि यता दुबैमा पनि नेपालीहरुको मिर्त्यु हुने क्रम बढ्दो देखिएको छ|जहा केहि दिन अगाडी गुल्मी जिल्ला क्षेत्र न.२ सिमिचौर गाउ बिकास समिति वडा न. ८ निबासी माधब(देबी) नाम गरेका एक जना भाइले आत्मा हत्या गरेको एक महिना नबित्दै अर्का स्याङ्जा जिल्लाकाले आत्मा हत्या गरेको जानकारी प्राप्त नभएको होइन|तेस्तै गरि १३/७/२०१४ का दिन अल अबिर (रशअलखोर) भन्ने ठाउमा कृच्तल ग्यालरीमा काम गर्ने दाङ् जिल्ला हापपुर गाउ बिकास समिति वडा न. ४ पतली निबासी बिनोद भुसालको मृत्यु भएको छ । उहाको डेथ बोडी अहिले सम्म मुर्धा घरमै रहेको समाज सेबी कृष्ण के.सी ले जानकारी दिनु भएको छ। भुसालको लास अहिले सम्म पनि नेपाल पथाइएको छैन।
जहा राखिएको थियो सोहि ठाउमा सडेर रहेको केसी ले बताउनु भएको छ|युएईका लागि नेपालका राजदुत धनन्जय झा संग सम्पर्क गर्दा कम्पनीले पठाउन मान्दैन हामीले के गर्नु जस्ता जिम्बेबार बिहिन कुरा गरेको केसीले जानकारी दिनु भएको छ । भने कम्पनि मा सम्पर्क गर्दा तिमीहरुको नेपाली राजदुता बास ले कुनै इमेल को रिप्लाई नै गर्न चहदैन भनेको कुराको जानकारी सोहि कम्पनीमा कार्यरत अर्घाखाँची र बागलुंग का नेपाली मजदुरहरुले बताउछन। दुबई मा थुप्रै संघ संस्था भए पनि कुनै संघ संस्थाहरु यसको विकल्प नचाहेको, कसैले पनि सहयोग नगरेको र कुनै पनि संघ सस्था कुटनीतिक निकाय बाट अहिले सम्म सहयोग नभएको समाज सेवी (अर्घाखाँचीका) शिवलाल बताउछन।
यस्ता खालका सामाजिक समस्याहरुको निवाकरण आउने दिनहरुमा कसले र कुन निकाय बाट गरिनु पर्ने हामी नेपालीहरुको सुरक्षा कसले गर्ने यहा भएका सामाजिक संस्था हरुले के हेरेर बसेका छन्,नाम मात्र सामाजिक संस्था होकी काम पनि गर्छन ? भन्ने सवाल आम नेपाली को मनमा गुन्जिन थालेको छ । सामाजिक संस्था केको लागि ,अनि राजदुता बास कसको लागि यदि नेपालीहरुको समस्या प्रति ध्यान आकर्षण हुदैन भने भन्ने सवाल युएइमा कार्यरत मजदुरहरुको छ| यस्ता खालका समस्या उत्पन्न हुनु अगाडिनै उत्पन्न हुन नदिन जरुरि देखिन्छ।
