शिक्षकको कुटाईबाट विद्यार्थी घाइते

Prakash Dhakal
0

व्यास नपा–२ दमौलीमा रहेको सत्यवती उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने १५ बर्षिय जिवन नहर्की सोमवार शिक्षकको कुटाईबाट सख्त घाईते भएका छन् ।

सातौ पिरियडमा कक्षामा पढाईरहेका शिक्षक रुक्मिणी पौडेलले अर्को कक्षा खाली भई हल्ला भएपछि उक्त कक्षामा प्रवेश गरी पाँच जना विद्यार्थी एउटै बेन्चमा बसेको भन्दै १५ वर्षीय छात्र नहर्कीलाई ढाडमा धेरै पटक हातले हानेको पीडितले बताए ।
शिक्षक पौडेलको कुटाईबाट नहर्की उठेर हिँड्न नसक्ने भएपछि विद्यालयकै पहलमा व्यास नपा–१० स्थित दाहाल हेल्थ सेन्टरमा उपचारको लागि लगिएको थियो । शिक्षकको कुटाईबाट घाईते नहर्की अरुको सहारा बिना हिँड्न नसक्ने भएका छन् । यस सम्बन्धमा शिक्षक पौडेलले आफूबाट गल्ती भएको स्वीकार्दै मानवीय त्रुटि भएको बताए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top