कूल तामाङ , मेलम्ची । आफनै ४ बर्षिय भतिजीलार्ई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको ज्यामिरेबाट एक जनालाई पक्राउ गरेको छ । स्थानीय कक्षा १ मा पढ्ने ४ बर्षिय मेलम्ची ए नाम परिबर्तनलाई गत भदौ २२ गते आफनै काका १६ बर्षिय टिकाराम गिरीले बलात्कार गरेको पिडीतका आफन्तले बताएका छन । घरमा एक्ले खेलिरहेका बेला घरबाट उठाएर लगेर बलात्कार गरेको पिडित बालिकाले प्रहरी समक्ष बताएकी छिन ।
पिडीत बालिकाकी आमा रामेछाप नाम परिबर्तनले दोषीमाथी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले गीरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिनुभयो । बलात्कृत बालिकाको स्वास्थ्य अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । पिडीत बालिका र आमाको नाम गोप्य राखिएको छ ।

