
नेपाली कलाकारिताका एक हस्ती गुमाउनु पर्दा दर्शक र कलाकारलाई मात्र हैन अधिकांश नेता तथा मन्त्रीहरुको पनि आँखा रसाएका छन । यसबीचमा प्रधानमन्त्री शुशिल कोइराला, पुर्व राजा ज्ञानेन्द्र शाह लगायतले शोक सन्देश जारी गरे । प्रधानमन्त्री कार्यलयबाट जारी शोक सन्देशमा ‘झन्डै एक दर्जन फिल्ममा अभिनय गर्नुभएका श्रेष्ठको अभिनय जिवन्त थियो’ लेखिएको छ । जुन सरासर गलत तथ्य हो ।
स्मरण रहोस नायक श्रीकृष्ण श्रेष्ठले झन्डै एक सय भन्दा बढी फिल्म
मा अभिनय गरीसकेका छन । साथै पछिल्लो समय उनले आफ्नै प्रोडक्सन हाउसबाट दुईवटा फिल्म निर्माण गरिसकेका छन । उनी अभिनित ७५ प्रतिशत फिल्म सफल मानिन्छन ।
यसरी सय भन्दा बढी फिल्मबाट दर्शकको मनमा राज गर्न सफल श्रीकृष्णले जम्मा एक दर्जन जति फिल्ममा अभिनय गरेको उल्लेख गर्नू कतिसम्मको जायज हो । श्रीकृष्णको सम्मानमा भन्दै जारी शोक सन्देशले उल्टै उनको अपमान त गरेको हैन ?