यस्ता थिए चरीका कर्तूतहरु

Ganapati Manufacturing Company Pvt. Ltd.
0
दिनेश अधिकारी उर्फ चरीले काठमाडौंको नयाँबजार र बालाजु क्षेत्रमा एक दशकदेखि एकछत्र राज गरेका थिए ।

उनले ती क्षेत्रमा संगठित गुन्डागर्दी नै गर्ने गरेको प्रहरीले जनाएको छ। पटक पटक जेल परेर राजनीतिक नेताको दबाबमा छुट्ने चरीले नयाँबजार र बालाजु क्षेत्रमा हत्या, अपहरण, चन्दा असुली, गुन्डागर्दी गर्ने गर्थे।

उनीविरुद्ध प्रहरीकहाँ दर्जनौ मुद्धाको चाङ थियो। हत्या, अपहरण, चन्दा असुली, गुन्डागर्दीमा उनी नामुद भएपनि उनको मूख्य काम भनेको ठेक्कापट्टा नै थियो।

विशेष गरी उनले आफ्नो जन्म जिल्ला धादिङमा सानो देखि ठूलो ठेक्कामा एकछत्र राज चलाएका थिए। दर्जनौँ गम्भीर मुद्धा लागेपछि प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो। चरीले काठमाडौंको क्यासिनो भेनसमा समेत लगानी गरेका थिए।
२०६० सालतिर उनी गुण्डानाइके कुमार घैँटेसँगै मिलेर काम गर्थे। विवाद भएपछि २०६३ सालतिर उनीहरु छुटे।  २०६४ सालमा पटकपटक यार्सागुम्बा लुटेर उनी प्रहरीको नजरमा चढेका थिए।

२०७० साल कात्तिकमा उनी खाग तस्करीमा सम्लग्न भएको भनि सिआइबीले पक्राउ गरेको थियो ।

जेल परेको ८ औं दिनमा एमाले नेताहरुले दबाब दिएका कारण उनी छुटेका थिए । धादिङ एमाले क्षेत्र नम्बर १ का उपाध्यक्ष समेत रहेका उनीमाथि एक वर्षअघि नैकापमा राधे समूहले गोली हानेको थियो।

दाहिनो पाखुरामा गोली लागेका उनको शिक्षण अस्पतालमा उपचार भएको थियो । उनी त्यहाँबाट नाटकीय रुपमा भागेका थिए। प्रकाशराज सिलबालको हत्यामा ३ वर्षअघि जेल परेका उनी प्रहरी हिरासतबाटै फरार भएका थिए।

प्रहरीले शुरुमा उनलाई पक्राउ गरेपनि उनीविरुद्ध तयार पारेका भएका प्रमाणहरु एकाएका उच्च राजनीतिक दवावमा नष्ट हुत्न्यो र उनी छुट्न सफल हुन्थे ।अकुत सम्पत्ति आर्जन गरेको भन्दै चरीलाई  सम्पत्ती सुद्धिकरण अनुसन्धान आयोगले समेत मुद्धा हालेको थियो ।

सुरुमा कांग्रेस अनि एमाले प्रवेश गरेका उनलाई एमाले वरिष्ठ नेता झलनाथ खनाल,अध्यक्ष केपी शर्मा ओली र राजेन्द्र पाण्डेले साथ रहेकाे ठानिन्छ । ललितपुरका मीनकृष्ण महर्जनको गोली प्रहार घटनामा पनि उनी अभियुक्त थिए।
 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top