भीषण बाढीपहिरोले स्याङ्जामा करौडौको क्षति, आँधीखोला किनारका बस्तीहरु आतंकित

0

श्रीकृष्ण सिग्देल।
स्याङ्जा।मंगलबार बेलुका देखि परेको अविरल बर्षका कारण स्याङ्जामा करोडौको क्षती पुर्याएको अनुमान गरिएको छ । वाढी पहिरो, चट्याङ् र आँधिखोलाले बगाएर तिनजनाको मृत्यु भएको छ भने चार जना घाइते भएको समाचार प्राप्त भएको छ।

आँधीखोलामा आएको वाढीले घर सहित वगाउदा वालिङ नगरपालिका वाड नं ९ मा भाडाको घरमा वस्ने रोल्पा घर भएकी हस्तकुमारी वुढा मगरलाई वगाएर बेपत्ता पारेको छ भने उनका छोरा बुहारी भने बाँच्न सफल भएका छन् । पुतलीबजार नगरपालिका वाड नं ९ स्थित आमडाँडामा भद्रबहादुर शाहाको घर पहिरोले घर पुरिदा उनकी छोरी १२ वर्षिया वालिका उर्मिला शाहको मृत्यू भएको छ भने अन्य घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मग्याम चिसापानी गाविस वाड नं ६ मा चट्याङमा परेर एक जना ४५ वर्षिय महिला दिलमाया गुरुङको मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्लामा वाढीका कारण भएको क्षतिको पूर्ण विवरण आउन वाँकी रहेको समेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी निरिक्षकको नेतृत्वमा उद्धार टोली ठाँउ ठाँउमा खटाएको जनाएको छ ।

आँधीखोलामा आएको वाढीका कारण वालिङ नगरपालिका वाड नं ३ मा रहेको पतञ्जली योगपिठको भवनमा क्षति पुर्याएको छ । भवन जोखिममा परेको छ । सयौं हेक्टर जमिनमा रहेको धानखेती नष्ट भएको छ भने नदी किनारमा रहेका दुइवटा कुखुराको फर्म बगाएको छ । वालिङ नगरपालिका वाड नं ८ स्थित हरितज्योति कृषि फर्ममा वाढी पसेपछि लाखौ रुपैयाको माछा तथा तरकारी वगाएको छ । बयरघारीमा रहेको बंगुर र कुखुरा फर्म पनि आँधीखोलाले बगाएर क्षती पुर्याएको छ । वाढीका कारण आँधीखोलामा निर्माण गरिएका ५ वटा पक्की पुल जोखिममा परेका छन् । जिल्लाका अर्जुनचौपारी बजार, हेलुबजार, वयरघारी, वालिङ नगरपालिकाको भूम्रेबजार, वाँयाटारी, तल्लो गल्याङ लगायतका ठाँउहरु जोखिममा परेका छन् । जिल्लाका बिभिन्न क्षेत्रमा के कति क्षती भएको छ भन्ने समाचार आउन बाँकी रहेकाले समाचार तयार पार्ने समय सम्म क्षतीको पुरा विवरण भने आएको छैन ।


अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गमा आएको पहिरोका कारण एक दर्जन भन्दा वढी स्थानमा सडक अवरुद्ध भएको छ । जसका कारण लामो दुरिमा चल्ने सवारी साधन अवरुद्ध भएका छन् । वाढी आउने क्रम नरोकिएकोले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा दैवि प्रकोप उद्दार समितिको वैठक वसेर हुन सक्ने सम्भावित खतरालाई मध्येनजर गर्दै नदी किनारका वासिन्दालाई सुरक्षित स्थान तर्फ रहन आग्रह गरिएको छ।





Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top