महान हुनुपर्नेमा महिलाहरु यसरी ओलोचित बन्नुपर्छ यो समाजमा

0
-लक्ष्मी ज्ञवाली-
दया, माया र सहनशिलता जस्ता कुराहरुमा महिलाहरुको अति नै प्रशंसा हुने गर्दछ । अझ भन्नुपर्दा हाम्रो नेपाली समाजमा महिलाहरुलाई घरकै देवी लक्ष्मी भन्ने पनि गरिन्छ तर व्यावहारिक रुपमा महिलाहरुको स्थान देवी लक्ष्मीको जस्तो छ वा धेरै टाढा छ यो विषयमा अन्य लेखमा चर्चा गरुँला । महिलाहरु एक पक्षबाट जति प्रशंसित छन् त्यति नै कतिपय महिलाहरु अर्को पक्षबाट आलोचित पनि छन् । हुन त सर्वगुण सम्पन्न कोही पनि हुन सक्दैन तर महिलाहरुले महान् बनेर भूमिका निर्वाह गर्छन् आमाको रुपमा, सर्वस्व खुसी रित्याउँछन् सन्तानको नाममा । त्यसैले त आमालाई महान् भनिएको छ र व्यवहारमै पनि मानिएको छ । यति धेरै महान् बन्न सक्ने महिलाहरु फेरि किन आलोचित हुन्छन् त ?

 
कतिपय महिलाहरु आफ्ना सन्तानप्रति र आफ्ना सन्तानका लागि मात्र उदार छन् । जसरी कुनै कसर पनि बाँकी राख्दैनन् सन्तानको खुसीका लागि तर अन्य भूमिकामा भने तिनैमध्ये कतिपय महिलाहरु उदार बन्न नसक्दा र आफू कुन स्थानमा रहने भन्ने निर्धारण गर्न नसक्दा नै उनीहरुका कारण सबै महिलाहरु आलोचित बन्न पुग्छन् ।

पहिलो कुरा त कुनै कुनै महिलाहरुले महिलाहरुकै पिरमर्का बुझ्दैनन् । शिक्षित महिलाहरु जो आफ्नो योग्यताअनुसारको पद सम्हालेका हुन्छन्, उनीहरुको घमन्ड हामीले धेरै ठाँउमा देखेका अनि भोगेका पनि छौँ । पहिलो कुरा उनीहरुमध्ये धेरैको बोली नै महँगो हुन्छ । आफ्नो स्तरभन्दा अलिक तल्लो तहका महिलासँग त्यस्ता महिलाहरु सम्पर्क नै गर्न चाहँदैनन् । सहयोगको त कुरै छोडौँ । लिखित जिज्ञासा राख्दा पनि सिधै फोहोरको टोकरीमा पुर्याएको पनि कैयौँ ठाउँमा देखिएको छ भोगिएको पनि छ र सुनिएको पनि छ ।

कार्यक्षेत्रमा पुरुष हाकिमभन्दा महिला हाकिमसँग त्रसित हुन्छन् महिला नै । दुःखको कुरा पुरुषपुरुषका बीचमा जति सहयोगी भावनाको आदानप्रदान हुन्छ त्यसको तुलनामा कतिपय ठाउँमा महिलाहरुबीच निकै कम हुने गर्छ । यदि कुनै पुरुषले सामान्य कामका लागि सोधपुछ गरे भने नजानेको पनि हुन सक्छ भन्दै सहयोगी भावनाले सहयोग बढाउँछन् तर महिलालाई भने यति सानो काम पनि नजान्ने भन्दै उल्टै हकार्न पछि पर्दैनन् कैयौँ महिलाहरु नै । के हरेक महिलाले सबै कुरा जानेकै छ भन्ने हुन्छ र ? नजान्नु कुनै दोष होइन । नजान्नेलाई सिकाउनु महानता हो ।

आफ्नै सहकक्षी महिला साथीलाई गालीगलौज जस्ता अपशब्द प्रयोग गर्न पछि पर्दैनन् कुर्सीमा बसी पदीय स्थान ओगट्ने कैयौँ महिलाहरु । महिला भएर महिलामाथि नै सहानुभूति प्रकट नगर्नुले उनीहरुकै उपहास गरिरहेको हुन्छ ।

आधारबिनाको अहंकारले पनि त्यस्ता महिलाहरु आलोचित छन् र उनीहरुका व्यवहारले अन्य असल महिलाहरुले पनि आरोप पाउँछन् । आफ्नो व्यक्तित्वले कुन हैसियत राख्छ उनीहरु लेखाजोखा नै गर्दैनन् । आफ्नो परिचय आफैँ बनाउनतिर भन्दा श्रीमान् र उनकै परिवारको पहिचानबाट आफू ठुलो मानिस कहलिएको सम्झन्छन् त्यस किसिमका कैयौँ महिलाहरु। महिलाहरुको अति नराम्रो अर्को पक्ष धनको घमन्ड हो ।

कैयौँ परिवारमा पैसा कमाउने श्रीमानभन्दा उनकी एक पैसा पनि आर्थिक आयआर्जन नगरेकी श्रीमतीको चुरिफेरी हेर्नलायक हुन्छ । धनको घमन्डले त्यस्ता महिलाहरुलाई यतिसम्म अन्धो बनाएको भेटिन्छ कि उनीहरु आफू नै त्यो समाजको सर्वमान्य व्यक्ति भन्ने सम्झी आफूभन्दा आर्थिक रुपमा अलिक कमजोर देखिनेलाई होच्याउने, मान्छे नै नगन्ने, अभद्र व्यवहार गर्ने जस्ता असभ्यता र अहंकार प्रदर्शन गर्दछन् । त्यस्ता स्वभावले नै सबै महिलाहरु पुरुषको नजरमा आलोचित हुन्छन् । उनीहरु मुख्य रुपमा अरुकै चियोचर्चा बढी गर्दछन् । सामान्य विषय जुन उठान गर्नु आवश्यक नै हुँदैन त्यस्तै कुराहरुको खोजिनिती त्यस्तै महिलाहरुबाट बढी हुने गर्छ ।

त्यसैले त कुनै पुरुषले अरुको सामान्य व्यक्तिगत विषयमा कुरा गर्न थाल्दा आइमाईका जस्ता कुरा भनी पुरुषहरुबीचमा व्यङ्ग्य गर्ने गर्छन् । धनको घमन्डले त्यस्ता महिलाहरुलाई यतिसम्म अन्धो बनाएको भेटिन्छ कि उनीहरु आफू नै त्यो समाजको सर्वमान्य व्यक्ति भन्ने सम्झी आफूभन्दा आर्थिक रुपमा अलिक कमजोर देखिनेलाई होच्याउने, मान्छे नै नगन्ने, अभद्र व्यवहार गर्ने जस्ता असभ्यता र अहंकार प्रदर्शन गर्दछन् । त्यस्ता स्वभावले नै सबै महिलाहरु पुरुषको नजरमा आलोचित हुन्छन् ।

उनीहरु मुख्य रुपमा अरुकै चियोचर्चा बढी गर्दछन् । सामान्य विषय जुन उठान गर्नु आवश्यक नै हुँदैन त्यस्तै कुराहरुको खोजिनिती त्यस्तै महिलाहरुबाट बढी हुने गर्छ । त्यसैले त कुनै पुरुषले अरुको सामान्य व्यक्तिगत विषयमा कुरा गर्न थाल्दा आइमाईका जस्ता कुरा भनी पुरुषहरुबीचमा व्यङ्ग्य गर्ने गर्छन् । आवश्यकता नै नभएको अरुको देखासिकीले पनि कतिपय महिलाहरुका कारण सबै महिलाहरु आलोचित बन्नबाट अछुतो रहँदैनन् । आफ्नो आर्थिक स्थिति बिर्सिएर महँगा गरगहना र पोसाकमा आफूलाई सजाउनै पर्ने प्रायः त्यस्ता महिलाहरुको प्रचलन अति नै अव्यावहारिक र पछौटे नै देखिन्छ ।

महँगै पोसाकले आफूलाई राम्रो बनाउँछ भन्ने गलत भ्रम पनि त्यस्ता महिलाहरुमा बढी रहन्छ । समयको मागसँगै आधुनिकता छाइसकेको हाम्रो समाजमा महिलाहरु पनि आफ्नै परिचयबाट परिचित हुनुपर्छ । आत्मनिर्भर बनी स्वावलम्बी हुनुपर्छ । सकारात्मक र सहयोगी भावनाका साथमा सरल, सहज र शिष्ट व्यवहारबाट व्यक्तित्व विकास गर्नुपर्छ । आफ्नै कारणले आफैँ आलोचित बन्ने मार्ग बन्द गरी सुसभ्य महिला बन्नुपर्छ !

Source: My Sansar
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top