काठमाडौं,असार२६–एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकले नेता बाबुराम भट्टराईले पार्टी विभाजन गर्न लागेको आरोप लगाउँदै फुटबाट पार्टी जोगाउन मध्यमार्ग खोज्ने निर्णय गरेको छ । भट्टराई पक्षले समानान्तर कमिटी बनाएको विषयमा छानबिन गर्ने र भट्टराईसँग निरन्तर संवाद गर्न अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्धय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी र महासचिव कृष्णबहादुर महरा रहेको उच्चस्तरिय समिति बनाउने निर्णय गरेको छ । ‘‘सकेसम्म पार्टीलाई एकताबद्ध बनाइराख्न लचकता
का साथ प्रयास गरिदैछ’’, थायी समिति सदस्य लोकेन्द्र विष्ट मगरले भने‘‘एम्बुसको बीचबाट अघिबढ्नु पर्ने अवस्था छ । ’’ बाबुराम पक्षलाई औपचारिक रुपमा छलफल गर्दा पनि कुनै सकारात्मक निष्कर्ष ननिस्किएपछि अध्यक्ष दाहालले बुधबार बैठक नै राखेका हुन् । ‘प्रचण्डको मृत्युमा आफ्नो जीवन देख्ने र बुर्जुवा वितन्डता देखाएर बाबुरामजी पार्टी फुटाउने कसरतमा लागिरहनु भएको छ, त्यसबाट क्रान्तिका उपलब्धी संस्थागत हुन सक्दैन बैठकमा सहभागी स्थायी समिति सदस्य गोपाल किराँतीले भने । जनयुद्धका सहिदको रगतमाथि बाबुराम कमरेडले खेलवाड गरिरहनु भएको छ, हामी त्यसबाट उहाँलाई रोक्न चाहिरहेका छौँ । रोकिनु भएन भने उहाँले कम्युनिष्ट आन्दोलन पनि छोड्नुहुन्छ, पार्टी पनि फुटाउनु हुन्छ ।
Source: Ratopati
Source: Ratopati
