एमाओवादी साउनभित्रै फुट्ने

0
आधा दशक लामो सहवास तोड्दै एकता केन्द्र मसालका नेता तथा कार्यकर्ताहरू एकीकृत नेकपा माओवादीबाट अलग हुने गृहकार्यमा जुटेका छन् । संविधानसभाको पहिलो निर्वाचनलगत्तै २०६५ भदौमा नेकपा माओवादी र एकता केन्द्र मसलबीच एकीकरण भई एमाओवादी गठन भएको थियो ।

समाचार स्रोतका अनुसार नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल र विश्वभक्त दुलालबाहेक एकता केन्द्र मसालका सबै नेता तथा कार्यकर्ता छुट्टिने तयारीमा छन् । यो तयारी विराटनगर राष्ट्रिय सम्मेलनलगत्तै भए पनि लीलामणि पोखरेलले दोहोरो भूमिका खेलेका कारण तयारीले गति लिन सकेको थिए । संविधानसभाको हालै सम्पन्न उपनिर्वाचनमा तत्कालीन जनमोर्चाको हाराहारीमै भोट पाएपछि लीलामणिसमेत अमिक शेरचनले बोलाएका बैठकहरूमा जान थालेका छन् । धेरैजसो बैठकहरू शेरचनकै निवासमा हुने गरेका छन् । शेरचन, पोखरेलका अलवा यो समूहमा जगत पार्की, घनश्याम शर्मा पौडेल, शशी श्रेष्ठ, शशी शेरचन स्वनामलगायतका नेताहरू छन् । युवा विद्यार्थी नेताहरू भने सबैजसो एमाओवादीबाट अलग हुने लाइनमा रहेका छन् । तत्कालीन एकता केन्द्र मसालका एक विद्यार्थी नेताले भने– ‘हामीलाई पार्टी एकीकरणको भालिपल्टैदेखि चैते भनेर खेद्न थालिएको थियो, न विचार र सिद्धान्त मिल्छ, न व्यवहार राम्रो छ, यिनीहरूसँग नबसौं भनेर उतिखेरै हामीले नेताहरूलाई भनेका थियौं, ढिलै भए पनि नेताहरूले महसुस गर्नुभयो, अब छिट्टै हामी एमाओवादीबाट अलग हुँदै
छौं ।’

छुट्टै पार्टी गठन गर्न अलग हुने हो कि अर्को कुनै बाम पार्टीसँग मिसिनका लागि अलग हुन लाग्नुभएको हो ? भन्ने प्रश्नमा एक केन्द्रीय नेताले भने– ‘एमाओवादीसँग हाम्रो वैचारिक मत–भिन्नता देखिइसक्यो, पार्टीभित्र वैचारिक बहस चलाउन सक्ने गरी हामीलाई भूमिका दिइएको छैन, यस्तो अवस्थामा हाम्रो पहिलो अभियान पार्टीबाट अलग हुने हो, त्यसपछि मात्रै नयाँ पार्टी गठन वा ध्रुवीकरणबारे निर्णय हुन्छ ।’ समाचार स्रोतका अनुसार नवराज सुवेदी, परि थापालगायतसँग एकीकरण गरी नयाँ स्पिरिटको क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गर्ने कि मोहन वैद्य नेतृत्वको माओवादीमा ध्रुवीकृत हुने भन्नेबाहेक अरु टुंगो लागिसकेको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top