‘बिपीको मेलमिलाप नीति अहिले पनि सान्दर्भिक’ : पौडेल

0
विराटनगर, साउन ६ – नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । विराटनगर बरगाछीस्थित गुराँस पुस्तकालयद्वारा आयोजित महामानव बिपी कोइरालाको ३२औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि बिपीको विचारलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए । कार्यबाहक सभापति पौडेलले अग्रगामी परिवर्तनका नाममा वामपन्थीले जनतामाझ भ्रम छर्ने काम गरेको आरोप लगाए । सो अवसरमा सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले प्रजातन्त्र प्राप्तिका लागि मात्र नभई देश निर्माणका लागि पनि बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनका अनुयायीले आफ्नो विवेक प्रयोग गरेर हरेक समस्याको समाधान खोज्नुपर्छ भने । उनले अब शान्ति र संविधान निर्माण गरेर मुलुकमा स्थायित्व कायम गर्न बिपीको आर्दश र विचारलाई सबैले अवलम्बन गर्नुपर्ने बताए । काँगे्रस मोरङका सभापति एवम् सभासद् अमृत अर्यालले बिपीको मेलमिलाप नीतिको कारण काँग्रेस जनतामा लोकप्रिय बन्दै गएको हो भने । पुस्तकालयका सभापति दीपक चापागाईंको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, मीनकुमार श्रेष्ठ सीमा आभास, विवश पोखरेल, गोकुल अधिकारीलगायतले बिपीको स्मरणमा कविता वाचन गरेका थिए । यसैबीच, विराटनगरस्थित पार्टी कार्यालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै कार्यबाहक सभापति पौडेलले बिपीको विचारअनुसार काँग्रेसले नेपालका निम्नमध्यम परिवारलाई मध्यमस्तरमा पु¥याउन चार हजार गाउँमा रोजगारी, स्वास्थ्य, शिक्षा, खानेपानीको सेवा पु¥याउन लागेको जानकारी दिए । बिपीको विचार यात्रा आजदेखि प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन सुरु भएको विराटनगर रानीको हडताली हाटबाट सुरु भई भदौ २४ गते सुन्दरीजलमा सम्पन्न हुने पनि उनले बताए । 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top