कालगण्डकी ‘ए’ को उत्पादन जम्मा औषत ५५ मेगावाट

0
प्रकाश डुम्रे/बैशाख-१७, स्याङ्जा । पश्चिम स्याङ्जाको कृष्णगण्डकी गाविसमा रहेको देशकै सबैभन्दा ठूलो विद्युत उत्पादन गृह कालीगण्डकी ‘ए’ मा पानीको बहाव घटेसँगै उत्पादन पनि घटेको छ । नेपाल विद्युत प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत विभागका प्रमुख दीर्घायू श्रेष्ठका अनुसार कालीगण्डकी ‘ए’ मा अहिले औषतमा ५५ मेगावाट मात्रै विद्युत उत्पादन हुने गरेको छ ।

नदीमा पानीको सतह घटेसँगै उत्पादन घटेको श्रेष्ठले बताउनुभयो । “पूरै १४४ मेगावाट विद्युत उत्पादन हुनका लागि पानीको वहाव १४४ क्युसेक हुनुपर्छ” श्रेष्ठले भत्रुभयो–“अहिले कालीगण्डकी नदीमा पानीको सतह घटेर ५५ क्युसेक पुगेको छ ।” कालीगण्डकी ए जलविद्युत केन्द्रमा टर्वाइनबाट ५५ मेगावाट उत्पादन भैरहेको छ । कहिलेकाँही पिक आवरका समयमा भने आवश्यकता हेरी ८० देखि ९० मेगावाटसम्म पनि उत्पादन लिने गरेका छौं” श्रेष्ठले भन्नुभयो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top