स्याङ्गजा सम्पर्क मञ्चको दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा पराजुली

Prakash Dhakal
0

नवराज वि.क /दोहा –
“स्याङ्गजा सम्पर्क मञ्च कतारको आब्हान,निर्धारित समयमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान ।” भन्ने मुल नाराका साथ यसै साता ६ जुन शुक्रवारका दिन सनैया स्थित ग्रिन रेष्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष भेषराज पराजुलीको सभापतित्वमा सम्पन्न दोस्रो अबिधेशन तथा भाग्यशाली चिट्ठा उपहार योजना नतिजासार्बजनिक सहित प्रवासी नेपाली मञ्चका का.बा अध्यक्ष चानक पोख्रेलको प्रमुख अतिथ्यतामा एनआरएनए आइसीसी मध्यपुर्व सह–संयोजक पूर्ण के.सी, प्रवासी नेपाली मञ्चका सल्लाहाकार परिषदका संयोजक नरेश श्रेष्ठ,सचिव छविलाल वि.क,सचिवालय सदस्य रामहरी गैह्रे तथा मुनाफ मियाँ,एनआरएनएआईसी सदस्य उमेश अधिकारी ,एनआरएनएएनसीसी कतारका कोषाध्यक्ष द्रोण वस्नेत,युवा संयोजक नवराज वि.क,सल्लाहाकार संयोजक गुरुनारायण रानाभाट,जनजाती महासंघ अध्यक्ष विनेश तामाङ्ग,मातृभुमी का लागी युवा अभियान अध्यक्ष केवी हमाल, नवोदित साहित्यक वाचनालय का.वा. अध्यक्ष रविकुमार श्रेष्ठ, क्षेत्री सेवा समाजका अध्यक्ष हंशराज ढकाल, स्याङ्गजा सेवा समाजका अध्यक्ष रामु वस्याल,धनकुटा सेवा समाजका अध्यक्ष दुर्गा बा.तामाङ्ग,ओलढुङ्गा सेवा समाजका अध्यक्ष वालकृष्ण भित्रीकोटी,तनहुँ सम्पर्क मञ्चका अध्यक्ष भिम बा.थापा उपाध्यक्ष राजेश पन्थ,कोषाध्यक्ष तोयानाथ पौडेल, समाजसेवी सुरेश बोहोरा लोकदोहोरी गायक प्रेम भण्डारी शिवराम ढकाल,सन्देश पौडेल “अखेली” कर्म दियाली लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
उपस्थित प्रमुख अतिथी तथा विशेष अतिथिहरुको हातबाट दिप प्रज्वलन सहित औपचारिक कार्यक्रम शुरु गरीएको थियो भने सामुहिक राष्ट्रिय गित बाट राष्ट्र लाई सम्झदै देश र जनताको निम्ति जीवन आहुति दिने सहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो । उद्घाट्न कार्यक्रमा मञ्चका तर्फ बाट प्रथम उपाध्यक्ष चोलाकान्त वि.क ले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी चानक पोख्रेलले नेकपा एमाले आशन्न ९औ महाधिबेशन नजिकिदै गरेकाले जिल्ला स्तरिय सम्पर्क मञ्चहरुको स्थापनाले पार्टी लाई अझ सबृद्ध गर्नमा महत्वपुर्ण हुने हुदाँ केन्द्रिय कमिटी सँग सुझाबहरु पठाएर अबको नयाँ नेतृत्व सगै प्रवास नितिमा फेरबदल हुने र मजबुद हुने विश्वास ब्यक्त गर्दै राज्यको सविधान निर्माणमा पार्टी अहम भुमिका खेल्दै बर्तमान गतिरोध लाई अत्य गरी देश लाई मुर्त रुप दिन नेकपा एमाले ले मात्र सक्ने धारणा राखेका थिए ।
त्यसै गरी विशेष अतिथी एनआरएनए आइसीसी मध्यपुर्व सह–संयोजक पुर्ण केसी ले मञ्चले गरेका कार्यहरु प्रशंसनिय रहेको बताउदै अगामी दिनहरुमा समेत निरन्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए भने प्रवासी नेपाली मञ्चका सल्लाहाकार परिषदका संयोजक नरेश श्रेष्ठ ले राजनैतिक पार्टीको पहरेदार संगठन निर्माण भएको बर्ष दिन भित्रमा नै महत्वपुर्ण कामहरु गर्दै स्याङ्गजाबासी नेकपा एमाले आस्थावानहरु लाई एकिकृत हुदै लाग्न थप उर्जा मिलेको र सामाजिक रचनात्मक कार्यमा सक्रिय भएकाले खुशी ब्यक्त गरे ।
नेकपा एमालेमा आस्थावान स्याङ्गजा जिल्लावासीहरुको संगठन एकवर्ष अगाडी स्थापना भएको हो । एक बर्षको अबधिमा मञ्चको आयब्याय कोषध्यक्ष खड्ग नेपालीले प्रस्तुत गरेका थिए भने संगठानिक प्रतिवेदन सचिव वुद्धि वा. वि.क ले प्रस्तुत गरेका थिए ।
साथै नयाँ बर्षको अवसर संगै खोलिएको भाग्यशाली चिट्ठा उपहारको घोषण समेत सोही कार्यक्रमको बिचमा गरिएको थियो । जसमा प्रथम पुरस्कार मनिकल राई ग्यालेक्सी ट्याव प्राप्त गरेका छन् भने द्धितिय पुरस्कार एल इडी बत्तिस इन्चको टिभी दामोदर भट्टराई तथा तृतिय पुरस्कार डिजीटल क्यामेरा सहिल वि.क र पुनम दुई जनाले प्राप्त गर्न सफल भए । त्यसै गरी चौथो पुरस्कार नोकिया मोवाइल अरुण र सुभावले प्राप्त गरेका छन् भने पाचौ पुरस्कार टर्चलाइट दिपक वि.क र शङ्करले हात पारे त्यसैगरी सान्तत्तवना घडी कमला,ढोल सुनार सिता,विवेक,चन्द्र वा. वि.क ले पाउन सफल भए । उक्त उपहारहरु विजेताहरुले मञ्चका पदाधिकारीहरु सग १५ दिन भित्रमा सम्पर्क गरी लिन सकिने जनाएको छ ।
दोस्रो अधिवेशनको निर्वाचन समितिमा हशंराज ढकाल क्षेत्री, मुनाफ मियाँ तथा केवी हमाल को समितीले सर्बसहमतिमा निर्विरोध भेषराज पराजुलीको अध्यक्षता मा २१ सदसीय समिती चयन गरेको छ । प्रथम उपाध्यक्ष चोलाकान्त वि.क,द्धि उपाध्यक्ष हरी प्रशाद लुइटेल,सचिब लक्ष्मण वि.क,सहसचिब मुक्ति काफ्ले,कोषाध्याक्ष उत्तम भट्टराई,सहकोषाध्यक्ष सुर्य अर्याल,बम बा.कार्की,शिबराम ढकाल,प्रेम नेपाली,धनन्जन्य लम्साल,गोप सुनार,खड्ग नेपाली,विष्णु पंगेनी,भगवान वि.क,कर्ण वि.क,धन वि.क.,छवि थापा, कृष्ण वि.क,माधब लुइटेल रहेका छन् ।

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top