स्व.केशबहादुर पुनको आश्रीत परिवारलाई लगभग ५ लाख आर्थिक सहयोग

0
बिल गुरुङ/दोहा :- बैदेशिक रोजगारको शिलशिलामा कतारमा कार्यरत रहेकै अवस्थामा मृत्यु वरण गर्न पुगेका स्व. केशबहादुर पुनको आश्रीत परिवारलाई कतारबाट रु.४,९०,७४१ (अक्षेरुपी चार लाख नब्बे हजार सात सय एकचालिस मात्र) आर्थिक सहयोग गरिएको छ । उनि कार्यरत कम्पनीले कतारी रियल ५ हजार आर्थिक सहयोग गरेको छ भने एनआरएनए कतारले कतारी रियल ५ सय सहयोग गरेको छ ।

कम्पनीको विभिन्न परियोजनामा कार्यरत श्रमिकहरु लगायत उच्च पदाधिकारीहरुको सामुहिक सहयोग साथै एनआरएनए कतार र कम्पनीबाट प्राप्त सहयोग समेत गरेर कुल कतारी रियल १८,८२४ (कतारी रियल अठार हजार आठ सय चौबिस मात्र) आर्थिक सहयोग संकलन भएको थियो । कुनै बिमार नभएको र सहि सलामत नियमित काम गरि रहेका पुन साँझ खाना खाईवरी राम्रै सुतेका थिए तर बिहान आफनै बिस्तारामा मृत फेला परेको बताउछन सहकर्मी मधुराम सुवेदी ।

एक वर्ष अघि मात्र कतार आएका पुनको आर्थिक अवस्था त्यति राम्रो थिएन र परिवारको एक्लो कमाई गर्ने व्यक्ति पनि थिए । त्यसैले कम्पनीमा कार्यरत नेपाली, ईन्डियन, बंगलादेशी, श्रीलंकन, फिलिपिना सबै सहकर्मी लगायत कम्पनीको उच्च अधिकारीहरु समेतबाट आर्थिक सहयोग जुटाउन पहल भयो । जसको परिणाम उक्त आर्थिक सहयोग जम्मा हुन सकेको हो । यसरी आर्थिक सहयोग जुटाउन विशेष भुमिका खेल्ने व्यक्तिहरुमा मधुराम सुवेदी, लेखबहादुर गुरुब, बिष्णु अधिकारी, प्रेम रसाईली, मित्र मञ्जाल, रामकृष्ण कार्की, दामबहादुर पुन, भोजकुमार श्रेष्ठ, सोभियत लामिछाने, बिनोद राई, कुमार श्रेष्ठ, बिरेन्द्र चौधरी, ई.शिद्धार्थ मानन्धर, लेनु ईब्राहिम, सुनिल, ई.स्याबको, मो.ओमर लगायत धेरै व्यक्तिहरु थिए ।

कम्पनीको तर्फबाट स्व. केशबहादुर पुनको परिवारसंग समन्वय गरेका रमेश ढकालका अनुसार बैदेशिक रोजगार प्रबर्धन बोर्डको कल्याणकारी कोषबाट डेड लाख र बिमा कम्पनीबाट पाँच लाख नेपाली रुपैंया आश्रीत परिवारले गत हप्ता नै प्राप्त गरि सकेका छन । स्व.पुनका श्रीमती हिमा पुन मगरले सहयोग रकम पाईसकेको जानकारी गराएकी छिन भने आर्थिक सहयोग गर्ने सबैलाई कम्पनी र आश्रीत परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

परिवार र आफनो सुनौलो भविष्यको सपना बोकेर एक वर्ष अगाडी कतार आएका केशबहादुर पुनले गत अप्रिल २० तारिखका दिन प्रदेशी भुमि कतारमा देह त्याग गरे । रोल्पा जिल्ला गुराँसे गाविस वडा नं. ५ आरेसका स्थाई निवासी पुन एक वर्षदेखि कतारको एक निर्माण कम्पनीमा मेसनको रुपमा कार्यरत थिए । एक बृद्ध बाबा, एक श्रीमति, पाँच छोरी र एक छोराको एउटै सहारा स्व. केशबहादुर पुन कतारमा अकालमा मृत्यू हुने नेपालीहरु मध्ये एक अर्को नाम थपिएका छन् । आपत विपतमा सहयोगी हातहरु अगाडी बढी रहेकै छ तर यस्तो खालको अकाल मृत्युले कतारमा कार्यरत धेरैलाई चिन्तित बनाएको अवस्था छ । सम्बन्धित सरोकारवालाले यस वारेमा ध्यान देओस भन्ने आम चाहना रहेको पाईन्छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top