किन-किन प्रदेशिकै कथा लेख्न मन लाग्छ, वास्तवमा दु:खकै भुमरिमा अल्झिएको छ प्रदेशी जिबन !! हुन त सबैलाई दु:ख मात्र छैन प्रदेशमै सुखी जिबन पनि बिताएका छन त्यो त भाग्यमै लिएर आउनु पर्ने रहेछ। आखिर को नै खुशी होला र आफ्नो जन्मभुमी,माता,पिता,परिवार छोडेर यो प्रदेशमा ? तर यो प्रदेशमा एक्लै हुँदा पनि खुशीकै अनुभब गर्नु पर्दो रहेछ ।। आज प्रदेशीहरुको एक पिडा पोख्न मन लाग्यो कृपया नराम्रो नमान्नु होला।।
जब उमेरले १६ बर्ष बनाउछ धेरै जसो ब्यक्ती हरु जिल्ला प्रशासन तिर धाइरहेका देखिन्छन कसैले सोध्यो भने उत्तर यही हुन्छ सबैको - पासपोर्ट बनाउन जादै छु।। हेर्दा भर्खर आमाको दुध खान छोडेको जस्तो देखिन्छ तर के गर्नु ?उस्को परिस्थिती उसैलाई थाहा छ ।। जब पासपोर्टबनाएर उ फर्कन्छ बाटोमा दलालिको लाइन लागेको हुन्छ - कहाँ जाने बिचार छ भाई दुबै,मलेसिया,कतार,साउदी ....................त्यो बिचराले छिटो जहाँ हुन्छ उतै जान्छु त्यहाँ कुरा नमिल्ला जस्तो भयो फेरी राजधानी काठमान्डौ जान्छ एक ओभर्सिज मा गएर आफ्नो पासपोर्ट दिन्छ । दिन गन्दा गन्दा उस्ले ऋण काढेर लिएको पैसाको ब्याजले पनि चिन्चित बनाउछ , बल्ल बल्ल भिसा आएछ बाबा,आमा र आफ्नो परिवार सँग धेरै पैसा कमाएर भोलिको दिन सुखमय बनाउने आसा र उमङ लिएर त्रिभुवन अन्तरास्त्रिय बिमानस्थल देखी .........को हवाइजहाज मा चढेर आफ्नो साहुको कम्पनीमा पुग्छ ।। बाख्राको खोरमा जस्तै कोचेर एउटा कोठा दिन्छ अनी भोली देखी काम गर्न आउनु भन्ने आदेश पाउछ त्यो आदेशले उ एकदम खुशी हुन्छ किनकी भोली देखी त बिदेशी पैसा कमाउने भए म त , तेही कुरा रातभर खेलिरहन्छ कहाको निन्द्रा लाग्नु ?? बिहान हुन्छ उ पनि आफ्नो नोकरी तिर जान्छ उस्लाई काम देखाएछ जसो तसो काम गरेर महिना पुरा हुना साथ तलब पनि पाएछ अनी सोचेछ अब यो पैसाले मैले खानाको तिरौ कि घरमा पठाउ ?? किनकी उस्लाई धेरै पैसाको लोभ देखाएर त्यो ओभर्सिजले पठाएको थियो तर आफुले भने जतीको लगानी गरेर आए पनि भनेअनुसार तलब पाउन सकेन फेरी एक मनले सोच्दै बचेँको पैसा घर मा पठाउछ बिचरा घरमा त्यो पैसा घर चलाऊने कि साहुको ऋण तिर्ने जस्तो हुन्छ , प्रदेशिले पनि के नै गर्न सक्छ मन पोल्छ रुन मन लाग्छ ,त्यो प्रदेशमा रोय पनि कराय पनि आफ्नो नोकरी गर्नै पर्छ बिरामी हुँदा पनि सञ्चै छु भनेर घर मा खबर गर्नु पर्छ ।। घरदेखी काम कस्तो छ बाबु भन्दा पनि मुटु माथि ढुङ्गा राखेर एकदम सजिलो छ पहिला त अली दु:ख थियो आजकल सजिलो छ पैसा पनि बढाएको छ - कठै !!कस्लाई थाहा छ र ?त्यो प्रदेशीले एकछाक खाएर पैसा बचाएको , बिरामी हुँदा रुमालले टाउको बांधेर सञ्चै छु भनेको !! बिहान उठ्यो हात मुख धोयो छिटो छिटो खाना तयार गर्यो अनी पोको पारेर संगै लाग्यो दिनको १-२ बजे तिर तेही चिसो भएको खनालाई आमाले पस्केर दिदै गरेको खाना भनी क्वाप कुप खायो फेरी चिसै हात सँग नोकरी गर्यो राती आउँदा कोही सुतिसकेका हुन्छ कोही खाना बनाउदै कोही खाँदै हुन्छन त्यो देख्दा लाग्छ मलाई पनि तेसैले खान बोलाय हुन्थियो नि, यस्तो थाकेको शरीरले आज त खाना बनाउन नपरे पनि हुने थियो नि ,, तर सबै आँफै जस्ता कहाँ हुन्छन र सोध्दा पनि सोध्दैनन फेरी आफ्नै भाग्य लाई धिक्कार्दै चुलो जलाउनु पर्छ हरे शिब !! मन मनै भन्न मन लाग्छ ।।
उता घरमा तेस्माथि यती महिना भयो यो महिनाको पैसा कता लग्यो ?? उता प्रदेशी सधैं एक्लै बन्छ सबै साथी हरु याहो , फेसबुक चलाएर मस्त रमाएका देख्छ उस्को मनमा पनि मैले पनि किन्नु पर्छ, अब त कती मर्नु एक्लै ?? जे त पर्ला यो महिनाको तलब आउन साथ किन्छु र किन्छ पनि किन्ने साथ घर देखी फोन आउछ -- हेल्लो बाबु घर मा इमर्जेन्सी छ पैसा पठाउ है फोन काटिन्छ , प्रदेशिलाई फेरी अर्को टेन्सन -- न त त्यो फेसबुक चलाऊने टाउको बिक्छ न त कसैले पैसा दिन्छ यस्तो सानो तलब वालालाई ?बिचरा घर मा पैसा छैन भन्न पनि सक्दैन र छ भन्नु त कसरी ?? फोन मा कुरा गर्न पनि सकेन अनी मोबाइल को सहारा बाट एक म्यासेज गर्छ म्यासेज यस्तो थियो -- आमा मलाई माफ गर्नु होला मैले यसपाली एउटा कम्पुटर किने किन कि फोन मा कुरा गर्दा धेरै पैसा लाग्ने भएकोले स्काइप भन्ने हुन्छ रे तेस मा यता पैसा नलाग्ने तर नेपालमा थोरै पैसा ले हुने भएकोले गर्दा , आमा अर्को महिनामा नेट पनि जोड्छु अनी पैसा पनि पठाउछु ल तपाईंको छोरा ...........
त्यो म्यासेज पाउन साथ घरमा पनि झन टेन्सन हुन्छ त्यो टाउको अर्को महिनामा किनेको भए पनि त हुने थियो नि अब के गर्नु ??
यता प्रदेशी त्यो टाउको त किन्यो तर प्रयोग गर्ने टाइम नै मिलेन उस्लाई तर पनि राती नसुती नसुती कहिले काही खबर हरु हेर्ने गर्थियो
बिचरा सकी नसकी दिन भर नोकरी गर्यो भने जती पैसा पनि आज सम्म पाएको छैन र भने जस्तो नोकरी पनि भएको छैन तर पनि आफ्नो घर परिवारको लागि एक छाक खाएर पनि खुशी छ प्रदेशी ।। अझै त भन्नु पर्दा त यो प्रदेशमा ढुङ्गा लाई माटो भन भन्यो भने पनि हजुर साप !! माटै हो भन्नु पर्छ ,यहाको सरकारी छुट्टी को दिन मा पनि छुट्टी छैन भन्छ न त ओभरटाइम नै दिन्छ ८ घण्टा काम भनेर आएको १२ घण्टासम्म काम गर्दा पनि अझै पुरा भएन भन्छ हे राम !! कहिले काही त लाग्छ यस्लाई नेपाल लैजान पाए त एकदम बांझो खेतमा बुढा हिंड्नै नसक्ने गोरु दिएर यो तैले जसरी पनि भ्याउनै पर्छ नत्र तलाई जानेको छु ,,,, यो त प्रदेशीले कल्पना पनि नगर्ने कुरा हो तर पनि आज कल्पनामा आएछ ।। र आज फेरी प्रदेशी फेरी तेही टाउको खोल्छ फेसबुक होमपेज हेर्दा यस्तै कथा हरु भेट्छ अनी उस्लाई पनि यस्तै कथा लेख्न मन लाग्यो र लेखिदियो अनी उस्ले पनि फेसबुकमा नै हालिदियो ।। , यही खबर हेर्दा हेर्दा मलाई पनि यो कथा लेख्न मन लाग्यो,, प्रिय मनहरु !! यो लेख कसैको जिबन सँग मेल खाएमा संयोग मात्र हुनेछ ,कसैको जिबन सँग तुलना गरेर लेखिएको हैन है ।।
कस्तो लाग्यो तपाईंलाई यो प्रदेशिले लेखेको प्रदेशी को कथा ?? कृया,प्रतिकृया,लाइक, कमेन्ट तथा शेएर गर्न नभुल्नु होला ।।