पोखरा, ८ असार
नेकपा (एमाले)को नवौं महाधिवेशनको लागि कास्कीमा ओली समुहका दुईतिहाईभन्दा बढि प्रतिनिधि विजयी भएका छन् । ४० जनामा ३१ जना ओली समुहका र ९ जनामात्र नेपाल गुटका विजयी भएका हुन् । शनिवार पोखरामा सम्पन्न ४ वटा निर्वाचन क्षेत्रको निर्वाचनबाट नेपाल समुहका प्रतिनिधि न्यून आएका हुन् । कास्कीमा ओली गुट बाहुल्यता रहेको छ । नेकपा एमालेको काठमाडौंमा हुने नवौ महाधिवेशनका लागी प्रतिनिधि छनोटका लागि कास्की भएको निर्वाचनमा केपी ओली समुहले वर्चश्व कायम गरेको छ । शनिबार राती सम्पन्न मतगणना अनुसार कास्की चारै निर्वाचन Ôेत्र मध्य Ôेत्र नम्वर एकमा माधव नेपाल समुह निल भएको छ । ६ जना प्रतिनिधिका लागी भएको निर्वाचनमा ६ जनानै ओली समुहबाट विजयी भएका छन् । विजयी हुनेहरुमा मानबहादुर जिसी, मनबहाहदुर गुरुङ, बैनबहादुर Ôत्री, टिकाराम पंगेनी, शंकर पौडेल र बैनबहादुर गुरुङ रहेका छन् ।
कास्की Ôेत्र न २ मा ओली नेपाल समुहका तिन÷तिन जना विजयी भएका छन् । ओली समुहका एमाले कास्कीका अध्यÔ कृष्ण थापा, जीवन आचार्य र जानुका विजयी भए भने नेपाल समुहका श्रीनाथ बराल, प्रकाश सिग्देल गजकुमारी गुरुङ विजयी भए । त्यस्तै Ôत्र न ३ मा ओली समुहले वर्चश्व जमाएको छ । ११ जना प्रतिनिधिका लागी भएको निर्वाचनमा ८ जना ओली समुहबाट र तीन जना नेपाल समुहबाट विजयी भएका छन् । ओली समुहबाट रविन्द्र अधिकारीले सवै भन्दा बढि मत ल्याएका छन् । Ôेत्र न ३ का सभाÈद् समेत रहेका अधिकारी सवैभन्दा बढि ९ सय ७८ मत ल्याएर विजयी भए । ओली समुहबाटै तेजनारायण अधिकारी ७७२, लिलाधर पौडेल ७०३, रामप्रसाद खनाल ५ सय ९८, यूवराज पौडेल ५ सय २१ मत प्राप्त गरी विजयी भए । भने महिला तर्फ तिनै जना ओली समुहबाट विजयी भए । जसमा सृजना शर्माले ८ सय ७७, देवका पहारीले ८ सय २६, प्रभा कोइरालाले ७ सय मत ल्याएर विजयी भए । नेपाल समुहबाट शिवजी गुरुङ ५ सय ९५, झपिन्द्ररराज रेग्मी ६ सय ५१ र खगराज आर्चाय ५ सय ३२ मत ल्याएर विजयी भए । कास्की Ôेत्र ६ मा ९ जनाका लागी भएको निर्वाचनमा ओली समुहबाट ६ जना र नेपाल समुहबाट ३ जना विजयी भए । ओली समुहका पुण्यप्रसाद पौडेल ७ सय ६५, दामोदर बैरागी ६ सय ७४, दिपक पौडेल ६ सय १८, जगन्नाथ बास्तोला ५ सय ७७, यमलाल देवकोटा ५ सय ४६, मित्रकुमारी गुरुङ ५ सय २८ मत प्राप्त गरि विजयी भए । नेपाल समुहबाट सभाÈद सिता गिरी ८ सय ८०, दलबहादुर गुरुङ ६ सय ७६, कृष्णबहादुर नेपाली ६ सय ४० मत प्राप्त गरि विजयी भए ।
त्यस्तै उत्पिडित तर्पm चार ओली पÔका उम्मेदवार विजयी भएका छन् । पा“च जना मध्य ओली पÔका होम नेपाली, धनबहादुर नेपाली, अर्जुन सुनाम र चतुरे विक विजयी भएका छन् । होम नेपालीले १ सय ६०, धनबहादुरले १ सय ३, सुनामले १ सय ४ र चतुरे विकले १ सय ३६ मत प्राप्त गदै विजयी भए । नेपाल पÔका चिनबहादुर विक ८२, टंक विकले ७४ मत प्राप्त गदै पराजित भए भने ओली पÔीय दिपक घिमिरे र नेपाल पÔीय लालबहादुर परियार विच एक मतले फरक परेपछि रिकाउन्ट गरिएको थियो । रिकाउन्टमा पनि लालबहादुर परियारलको एक सय २० मत र घिमिरेको एक सय १९ मत पाए । ओली पÔीय उम्मेदरवारले रिकाउन्ट माग गरेपछि पून गणना गरिएको हो । शनिबार विहान आठदेखि सुरु भएको मतदान प्रक्रिया सा“झ पा“च बजे सकिएको थियो ।
मतदान प्रक्रिया भए लगत्तै मतमणना कार्य सुरु भएको छ । नवौ महाधिवेशनका लागि वरिष्ठ नेता माधव नेपाल र प्रभावशाली नेता केपी शर्मा ओली अध्यÔका उम्मेदवार बन्ने घोÈणा गरेपछि कार्यकर्ता दुई समुहमा विभाजित हुदै मत मागेका थिए । दुवै नेताका समर्थनमा मत मागेका थिए । कास्कीमा मजदुर Ôेत्रबाट भने माधव नेपाल पÔका उम्मेदवार विजयी भए् । नेपाल समुहका मजदुर नेता रुद्र खत्रीले ओली समहुका विजय केसीलाई पराजित गर्दै विजयी भए । खत्रीले ९३ मत ल्याउदा केसीले ६६ मल ल्याएका थिए । मजुरका जम्म मत एक सय ५९ मत रहेको थियो ।
