२९ बैशाख, हङकङ ।
मगर, गुरुङ, राई, लिम्बु, तामाङलाई मात्रै छानिछानी ब्रिटिस सेनामा किन गरियो होला भर्ती ?
लडाइँको मैदान छाडेर भाग्ने सैनिकलाई ‘भगौडा’ र ‘कायर’ भनिन्छ । नालापानीको युद्ध छाडेर भाग्ने बलभद्र कुवँरलाई बेलायतले ‘बहादुर’ भन्नुभित्र के स्वार्थ लुकेको थियो ? यस्तै रहस्यउद्घाटन गरिएको किताब “भर्तीको फन्दा” आइतबार हङकङमा विमोचन भएको छ ।
एक दशकदेखि पत्रकारितामा क्रियाशील युवा पत्रकार मनोज घर्तीमगरले लेखेको किताब “भर्तीको फन्दा” गोर्खा भूतपूर्व सैनिक संघ अध्यक्ष, हेमप्रताप गुरुङ, भारतीय भूपू सैनिक संघका अध्यक्ष जजिन चाम्लिङ राई, नेपाल क्लब हङकङकी अध्यक्ष तथा प्रकाशक रीता गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर, आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी. दर्लामी थापा, महिला संघ हङकङका अध्यक्ष टिकादेवी गुरुङ, मगर संघ हङकङका अध्यक्ष चन्द्रज्योती आलेमगर, एनआरएनका अध्यक्ष दुर्गाप्रसाद गुरुङ, राज्यसत्ता डटकमका प्रबन्धक हुमबहादुर थापामगर, साहित्यकार राजकुमार राईले संयुक्त विमोचन गरे ।

bharti2विमोचित किताबमाथी टिप्पणी गर्दै गोर्खा सैनिकबारे जानकार इथिनिक्स भ्वाइसका सम्पादक जेवी पुनगमरले गोर्खा भर्ती सम्बन्धमा अहिले सम्म नछोईएका कतिपय प्रसंगमा लेखकले क्रुरतापूर्वक बयानबाजी गर्दै जातीय रुपमा शुरु गरिएको यो भर्ती प्रथालाई त्यहि चश्माबाट हेर्ने कोसिस गरेको बताए । “बलभद्रलाई भगौडा र कायर भन्नु, नेपालअंग्रेज युद्धमा जितगढी किल्ला जित्ने उजिरसिंहको इतिहास नलेखिनुको कारणलाई लेखकले खोतल्ने आँट गरेका छन्” उनले टिप्पणी गर्दै भने,”गोर्खा भर्ती सम्बन्धमा थुप्रै किताब लेखिएपनि विषयगत रुपमा लेखकले यो प्रथा भित्रका उत्खनन नगरिएका अन्य थुप्रै भजिर्न मुद्दाहरुमा नजर लगाएका छन् ।”
गोर्खा भर्तीका निम्ति नेपाली शासक र बेलायती सत्ता मिली कसरी र किन छानी छानी निश्चित जातिलाई युद्ध मैदानमा होमियो र त्यसले त्यो समुदायमा कस्तो असर पार्यो भन्ने अनुद्घाटित विषयहरु पनि किताबमा समेटिएको उनको भनाई छ ।
लेखक मनोज घर्तीमगरले नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुन थालेको दुई शताब्दी पूरा हुँनै लाग्दा पनि केही निश्चित जातिलाई छानिछानि भर्ती गर्नुको रहस्य नखुलेकाले त्यसको खोजबिन गर्ने प्रयास किताब मार्फत गरेको दाबी गरे ।
‘१३ वर्ष टेक्दा नटेक्दै आदिवासी जनजाति समुदायका हजारौँ युवा युद्धभूमिमै लापत्ता भए, चाँडै भर्ती लागेकाले यी समुदायका युवाले पढ्न पाएनन्, त्यसैले विद्धान इतिहासकार पनि निस्केनन्’ उनले भने,’अन्य जातिका स्वनामधन्य विद्वान-इतिहासकारले हाम्रो चस्माबाट सोधिखोजी गर्न कन्ज्जुस्याई गरे । लेखिएका एकाध किताबमा सतहि कुरा लेखिए ।’
उनले किताबले गोर्खा भर्तीसम्बन्धी नयाँ बहस सिर्जना गर्यो र गोर्खा सैनिकबारे थप किताब लेख्न बाटो देखायो भने उपलब्धि सम्भिmने बताए । ‘केही खोज, केही अनुसन्धान, केही विश्लेषण गरि गोर्खा सैनिकका दुर्दान्त कथा लिपिबद्ध गरेको छु’ उत्साहित हुँदै उनले भने,’आशा छ, यो किताबले गोर्खाली इतिहास जान्न चाहने जिज्ञासु, इतिहासका विद्यार्थी, अनुसन्धाता र आम पाठक सबैनिम्ति उपयोगी हुनेछ ।’