प्रवास
शुक्रबार १९ अगस्ट, २०१६ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले आफ्नो आठौं नियमित बैठक नेपाली राजदूतबाँस रियादमा सम्मन्न गरेको छ ।
नेपाली राजदूतावासमा सम्पन्न बैठकमा साउदीका कार्यबाहक राजदुत आन्नद प्रसाद शर्मा कर्मचारी कुल बहादुर मगर बिजय कुमार यादव सुर्य प्रसाद अर्याल र एनआरएनए आइसिसिका पदाधिकारीहरू, साउदी अरबको बिभिन्न क्षेत्रहरूबाट एनसिसिमा प्रतिनिधित्व गर्ने पदाधिकारिहरू, लगायत अनलाइन मिडिया कर्मीहरूको समेत उपस्थिति रहेको थियो ।
बिभिन्न ४ बुंदे प्रस्तावहरूमा केन्द्रित बैठक रामचन्द्र तिमिल्सिनाको जेल रिहार्इका लागि जुटेको अतिरिक्त रकम सदुपयोग बारे छलफल बिशेष चासो र प्रथामिकतामा रहेको थियो ।
एनआरएनए साउदी अरबद्वारा पूर्व घोषित प्रदिबध्दता अनुसार रामचन्द्र उध्दारका लागि संकलित सम्पुर्ण नगद रकम हस्तान्तरण गर्नका लागी राजदूतावासमा लगेर गएको थियो
र रकम केन्द्रीकृत गरिरहेका एनसिसि उपाध्यक्ष डमर कुमार यादवले खोवर सेन्टर पोइन्ट तथा ताबुक क्षेत्रमा छुटेका सहयोगि दाताहरूको रकम एकमुष्ट संकल गरि जम्मा ७०,२७०/- साउदी रियाल संकलन भएको जानकारी दिदै सुचि नेपाली दूतवासलाइ अवगत गराउनु भयो तर छलफलका क्रममा कार्यवाहक शर्माज्युले रामचन्द्र तिमिल्सिना रिहाईका लागि आवश्यक रकम साउदी एक लाख बिसहजार रियाल/- नेपाल परराष्टमन्त्रालय बाट प्राप्ति भैसकेको जानकारी गराउनु भयो । बैठकले कार्यबाहक राजदूत शर्माज्युको अधिकारिक जानकारिलाइ आधार मान्दै रामचन्द्र तिमिल्सिना रिहाइका लागी आवश्यक रकम परराष्ट्र मन्त्रालयमा जम्मा भइसकेकोले एनआरएनए साउदीद्वारा संकलित सहयोग रकम नेपाल नपठाउने निर्णय गरेको हो
छलफलकै क्रमःमा राजदुत शर्माज्युले रामचन्द्र तिमिल्सिनासँगै बन्दी जीवन बितायका पञ्च बहादुर रोकाहा को बारेमा पनि जानकारी गराउनु भयको थियो पंञ्च बहादुर पनि बल्ड मनि ५२ हजार साउदी रियाल तिर्न नसकेर ९ बर्षदेखी बन्दी जीवन बितायका छन ( म जेलमा नै गयको थिए उनीसँगभेटन के कस्तो छ भनेर सोधपुछ गर्दा उनिले केही भनेनन् मात्र दुई प्रश्न गरे
(गह भरि आँसु लियर सर म यहाँबाट नेपाल जान पाउछु त ?
मैले घर परिवार देख्न पाउछु त ?) भने
का.बा शर्माज्युले भन्नू भयो अति दुःखदायीका साथ चिन्ता नगर्नु उद्दारका लागि हामी पहल गरिरहेका छौ भने भन्नुभयो आइसिसि सदस्य रमेश भण्डारीले भन्नू भयो मैलेपनि पंञ्च बहादुरको घरमा उनको श्रीमतीलाई फोन गरेको थिए उनको श्रीमतीलाई नेपाली राम्रोसँग बोल्न नआउदो रहेछ उनका १ छोरा र छोरी पनि रहेछन भन्नुभयो ।
तेसै क्रममा कार्यबाहक शर्माज्युले भन्नू भयो हर्षमान खत्री नाम गरेका ब्याक्ती केही समय अगाडि श्रमस्विकृती बिना इन्डियाको बाटो हुदै रोजगारीका सिलसिलामा साउदी अरब आयको र कार्य स्थलमा नै उनिको अचानक मृत्यु भएको हो उनको शब नेपाल पठाउ पनि गाह्रो भएको छ भन्नुभयो र
कार्यबाहक शर्माज्यु भन्नू भयको थियो एनआरएनएले जुन प्रयोजनका लागि रकम संकलन गर्यो उक्त रकम पूरा भयको हुदाँ अरु नेपाली पिडित उद्दारका लागि सहयोग गर्न सकिन्छ तर सो समितिले नेपाली दुतावास सँग समन्वय गरि दुई हप्ता भित्रमा निर्दशिका तयार पार्ने छ ।समितिले तयार पारेको निर्देशिका अनुमोदन भए प्रश्चात उद्दारकोसले ठोस निर्णय लिनेछ भनेर महासचिव तेज बहादुर थापाले भन्नू भयो।
एनआरएनए साउदीको अभियानमा संकलित रासि सदुपयोगका लागि उध्दार कोष स्थापन गर्ने र सो कोष संचालनका लागी धरम के. सी. को संयोजकत्वमा नारायण पासवान, रमेश भन्डारी, डोर बहादुर कार्की, ध्रुव कुमार रिजाल, खगेन्द्र बिक्रम नेम्वाङ सहित ६ सदस्यिय कोष निर्देशिका समिति पनि गठन गरेको छ ।
कोष निर्देशिका तयार नहुदा सम्म संकलित रकम अस्थाइ रूपमा सुरक्षित राख्न तल उल्लेखित एनआरएनए पदाधिकारीहरूलाइ जिम्मा दिइएको छ।
१. नारायण पासवान – सा. री. २०,०००/-
२. रमेश भन्डारी – सा. री. १६,८६३/-
३. डमर कुमार यावद – १६४०७/-
४. उमेश भट्टराइ – सा. री. १७,०००/-
कूल रकम ७०,२७०/- साउदी रियाल
यसको अलावा बैठकमा हालै सम्पन्न एनआरएनए साउदीका दुर्इवटा कार्यक्रमहरू क्रमशः एनआरएनए परिवारिक भेटघाट तथा नवौं बार्षिक उत्सव बारे समिक्षा भएको थियो भने एनआरएनए आइसिसिले निर्दिस्ठ गरेको ‘एक एनसिसि एक परोपकारी योजना’लाइ मध्य नजर राख्दै एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवानले
भूकम्पका झड्काहरुले जिर्ण भयका दुर्गम पहाडी रोल्पा क्षेत्रका घरहरू प्रति सरकार वा कुनै संघसंस्थाले पनि वास्त नजरेको पिडितका पक्षका घाउमा हामीले मलम पट्टी तत्कालै लगाउ पर्छ भन्ने धारणा ब्याक्त गर्नु भयको थियो र सहयोग गरि बचेको रकम र अन्य सहयोगी दाताबाट सहयोग संकलन जुटाइ दुर्गम पहाडि रोल्पा जिल्लाको सिध्दार्थ मा. बि. घोप्टे ओडार बिध्यालयमा २ कोठे भवन तथा सर्बसुलभ कम्प्युटर शाला निर्माणका गर्ने निर्णय गरेको छ भने बैठकद्वारा अनुमोदित भवन तथा सर्बसुलभ कम्प्युटर शाला निर्माण योजना बारे जानकारी आइसिसिमा सम्प्रेषण गर्दै राय, सल्लाह, सुझाव दिन अनुरोध गरेको छ।