चितवनमा सुत्केरी र बच्चाको मृत्युपछि अस्पतालमा तनाव

Unknown
0
२५ भदौ, चितवन ।

पाठेघर फुटेर सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चित्रवन नगरपालिका वडा नं ८ की ३० वर्षीया मञ्जुकुमारी महतो हुन् ।

उनलाई सुत्केरी बेथा लागेपछि भदौ २२ गते भरतपुरको ओम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बच्चा जन्माउने क्रममा उनको पाठेघर फुटेर शिशुको समेत मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ २३ गते सामान्य प्रक्रियाबाट सुत्केरी गराउने क्रममा उनको पाठेघर फुटेको र ओम अस्तालमा उपचार सम्भव नभएपछि भरतपुर अस्पतालमा पठाइएको अस्पतालका चिकित्सक डा विनोद पाठकले बताए । उपचारका क्रममा महतोको बिहीबार राति मृत्यु भएको थियो ।

उपचारका क्रममा महतोको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तले शुक्रबार बिहानैदेखि अस्पताल अगाडि नाराबाजी गरिरहेका छन् । उनको उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् । रास

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top