आर्थिक विधेयक पारित, ‘चालकमाथिको कारबाही कडा बनाउनुपर्छ’

Unknown
0
काठमाडौं, आश्विन २९ । आर्थिक विधेयक २०७१ बुधबार संसद बैठकबाट पारित भएको छ । अर्थमन्त्री डा. रामशरण महतले पेश गरेको विधेयक बहुमतले पारित गरेको हो ।

विधेयक पारित हुनुअघि सभासदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. महतले देशको आन्तरिक क्षमतामा विस्तारै बृद्धि हुँदै गइरहेको जिकिर गरे । उनले विदेशी वस्तुलाई निरुत्साहित गर्न त्यस्ता वस्तुहरुमा कर बढाउनुपरेको बताए ।

अर्थमन्त्री महतले जलस्रोत विकासका लागि स्वदेशी वा विदेशी भन्दै रोजेर बस्ने समय नभएकाले जुनसुकै क्षेत्रबाट आएको लगानीलाई पनि स्वागत गर्न आवश्यक भएको बताए । उनले ठूला लगानीकर्तालाई प्रोत्साहनको जरुरी रहेको पनि बताए ।

यसअघि विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दलका सभासद जर्नादन शर्माले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता पीडीएको विषयमा सदनमा जानकारी गराउन सरकारसँग माग गरे । उनले सझौतामा थुप्रै त्रुटि रहेकाले पीडीए सम्भौतामा नेपाललाई फाइदा हुने एउटा पनि बुँदा नभएको दाबी गरे ।

यस्तै, कांग्रेस सांसद रामहरि खतिवडाले वायुसेवा निगमले हालै चीनबाट ल्याएको विमान विभिन्न कारण देखाएर सञ्चालनमा नल्याएको भन्दै विरोध जनाए । उनले त्रिभुवन विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई दिएलगत्तै पोखराको विमानस्थल निर्माणमा चलखेल भएको सूचना आएकाले त्यसबारे संसदीय छानबिनको माग गरे ।

सभासदहरुले सडक दुर्घटना बढ्दै जानुमा सडकको दूरावस्था र चालकको लापरबाही जिम्मेवार भएको भन्दै सडकको सुधार र चालकमाथिको कारबाही कडा बनाउनुपर्ने बताए । -

Source :- Image Khabar
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top